श्रीमानलाई उपहार दिने सपना अधुरै


प्रकाशित मिति : जेष्ठ २, २०८० मंगलबार

चलचित्रमा कथा लेखिन्छ र त्यसलाई पटकथामा रूपान्तरण गरेपछि छायाङ्कन सुरु हुन्छ । लेखकले पात्र र त्यसको पहिचान, आवरण र समाज निर्माण गरेपछि आरोहअवरोहलाई चलचित्रको शैलीमा तयार पारेर पर्दामा प्रस्तुत गरिन्छ । तर पर्दा बाहिर घट्ने केही घटनाक्रम चलचित्रभन्दा कम लाग्दैनन ।
जेठको पहिलो साता प्रदर्शनमा आउने चलचित्र ‘ए साथी सुन’ की निर्मात्री विना कार्कीको जीवनी चलचित्रको कथा झैँ छ । फरक क्षेत्रमा रहेर कर्म गरिरहनुभएकी उहाँले यो चलचित्र आफ्नो श्रीमानलाई ‘उपहार’ दिन निर्माण गर्नुभयो । चलचित्रबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रभन्दा कार्कीको कथाले उपस्थितलाई मर्माहत बनायो । तर जानकारी नदिई उपहार दिने उहाँको सपना अधुरै रह्यो ।
कोरोना भाइरसका कारण निर्मात्री कार्कीले श्रीमानलाई गुमाउनु प-यो । “श्रीमानलाई जानकारी नदिई निर्माण गरेँ । तर भन्नसमेत पाइनँ । यद्यपि उहाँको यादमा तयार गरेको चलचित्र अहिले प्रदर्शनको तयारीमा छ”, उहाँले भन्नुभयो । श्रीमान् श्रव्यदृश्यप्रति आकर्षित र आफ्नो सन्तानलाई कलाकार देख्न चाहना राखेको जानकारी पाउनुभएकी कार्कीले चलचित्रमा छोरा इभानलाई अभिनयको अवसर दिनुभएको छ ।
“चलचित्र हामीले निर्माण गरेका हौँ भन्ने थाहा थिएन । तर छोरालाई अभिनय गराएको भन्ने जानकारी दिएकी थिए । उहाँ निकै खुसी हुनुभयो”, निर्मात्री कार्कीले भन्नुभयो । व्यवसायका कारण संयुक्त अरब इमिरेटस्को दुबईमा बसोबास गरिरहेकै कारण नेपालमा कोरोना महामारीका बेला  उहाँहरू अलग हुनुभयो । निर्मात्री कार्की छोरा लिन नेपाल आएको समयमा लकडाउनका कारण यही बस्नु प¥यो । “अन्तिम समयमा उहाँलाई देख्न समेत पाइनँ । अहिले मैले किन भनिनँ भन्ने पनि लाग्छ”, उहाँले भन्नुभयो ।
चलचित्रमा सम्पूर्ण समूह नै नयाँ छन् । नयाँलाई चलचित्र बनाउन झैँ प्रदर्शन गर्न पनि सहज नरहेको निर्देशक राम राघव आचार्यले बताउनुभयो । “चलचित्र बनिसकेपछि प्रदर्शन गर्न सहज छैन । नयाँ समूहलाई जसरी कलाकारले बुझ्दैनन्, प्रदर्शनमा पनि त्यस्तै हुन्छ”, उहाँले भन्नुभयो । नेपालमा केही साङ्गीतिक भिडिओ र छोटा चलचित्रमा काम गरेपछि उहाँले भारतमा अभिनय र निर्देशनको शिक्षासमेत लिनुभयो ।
त्यहाँ केही टेलिचलचित्रमा काम गरेपछि कोरोना भाइरसका कारण भएको पहिलो लकडाउनमा कार्की नेपाल आउनुभएको थियो । “नेपाल आएपछि बसाइका क्रममा लेखेको कथालाई सुनाएपछि चलचित्र निर्माण गर्ने निर्णय लिएका हौँ । यसको नाम कलिपुरुष राखेका थियौँ । किनकि मानवद्वारा भइरहेको गलत क्रियाकलापको कथा प्रस्तुत गरेका छौँ”, निर्देशक आचार्यले भन्नुभयो ।
प्रेमकथानक थ्रिलर विधामा निर्माण भएको चलचित्रमा सुशील पोखरेल, जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com