कञ्चनपुरमा ‘बुस्टर डोज’ लगाउनेको संख्या न्यून


प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार

कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले कञ्चनपुरमा ‘बुस्टर डोज’को पहिलो र दोस्रो मात्रा लगाइएको जानकारी दिनुभयो । “नौवटै पालिकाका स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाइयो”, उहाँले भन्नुभयो, “अहिलेसम्म चौथो खोप लगाइके फेरि पनि खोप आवश्यक भएकाले केन्द्रमा माग गरेका छौँ ।” उहाँले खोप उपलब्ध भए आगामी जेठ दोस्रो सातापछि पुनः खोप अभियान सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

कञ्चनपुरमा बुस्टरको पहिलो मात्रा सो अभियानका क्रममा १३ हजार सात सय ५८ जनाले मात्रै लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोनाविरुद्धको खोप आइसकेपछि हालसम्म कञ्चनपुरमा चार लाख ४५ हजार ४२ जनाले त्यसविरुद्धको खोप लगाइसकेका छन् ।

त्यसैगरी तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । “भारतबाट आउनेको गड्डाचौकी नाकामा स्वास्थ्य जाँच भइरहेको भए पनि नाकामै खोप लगाउन अभियान स्थगन छ”, खोप प्रमुख कुँवरले भन्नुभयो, “केन्द्रबाट नियमित खोप नआउनु र छिट्टै म्याद गुज्रिने खालका खोप आएकाले नियमित लगाउन नाकामा नसकिएको हो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले कोरोनाको पहिलो र दोस्रो लहरका बेला गड्डाचौकी नाकामै हेल्थ डेस्क सञ्चालन गरेर कोरोना जाँच र खोप अभियान चलाइएको जानकारी दिनुभयो । यहाँ खोप अभियानका क्रममा गत चैतमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, स्वास्थ्यकर्मी र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com