अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै दृष्टिविहीन दम्पती


प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया बस्तीका इन्द्र राना र उहाँकी श्रीमती इनावरी राना पाँच वर्षयता अगरबत्ती बिक्री गरेरै जीविकोपार्जन गर्दै आउनुभएको छ । दृष्टिविहीन दम्पती अगरबत्ती बिक्री गर्न कञ्चनपुरदेखि झापासम्म पुग्ने गरेका छन् ।

मुक्तकमैया राना दम्पतीलाई सरकारले पाँच कठ्ठा जमिन उपलब्ध गराएको छ । तर जग्गाबाट आम्दानी भने केही गर्न सकेका छैनन् । आर्थिक अवस्था निकै कमजोर भएपछि इन्द्र र इनावरी पछिल्लो समय अगरबत्तीको व्यापार गर्न थालेका छन् । त्यसैबाट हुने आम्दानीको भरमा उनीहरुले जीविका चलाएका छन् । डाँफे अगरबत्ती उद्योगबाट अगरबत्ती लिएर बिक्री गर्न देशभर जाने गरेको इन्द्रले बताउनुभयो ।

“दैनिक रु चारहजारदेखि रु पाँच हजारसम्मको अगरबत्ती बिक्री हुन्छ”, महेन्द्रनगर बजारमा अगरबत्ती बिक्री गर्दैगरेको अवस्थामा भेटिनुभएका उहाँले भन्नुभयो–“आर्थिक अभावका कारण इनावरी (श्रीमती)लाई पढाउन सकिन ।” इनावरीले कक्षा १२ मा पढाइ छाडेको इन्द्र बताउनुहुन्छ ।

यसअघि इन्द्रले केहीवर्ष घर नजिकैको झलारी बजारमा माछाको पसलमा काम गर्नुभएको थियो । त्यहाँ उहाँले माछा काटकुटको काम गर्नुहुन्थ्यो । त्यसैवापतको पारिश्रमिकबाट राना दम्पतीले घरखर्च चलाउनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरुआतमा इनावरीले अगरबत्ती बिक्री गर्न थाल्नुभएको हो । पछि उहाँसँगै इन्द्रले पनि अगरबत्ती बिक्री गर्न थाल्नुभयो । “उद्योगले बिक्री भएको अगरबत्तीको २० प्रतिशत मुनाफा हामीलाई दिने गरेको छ”, इन्द्रले भन्नुभयो– “दिनभरी बजार र दैलोदैलोमा अगरबत्ती बिक्री गर्र्छु, साँझ नजिकैको धर्मशालामा रात कटाउने गरेको छु ।”

धेरैले शारीरिक अशक्तता देखेरै पनि अगरबत्ती खरिद गर्ने उहाँले अनुभव सुनाउनुभयो । दृष्टिविहीन भएपनि आत्मनिर्भर बन्नकै लागि अगरबत्ती बेच्ने गरेको इन्द्रको भनाइ छ । “केही काम नगरी सुखै छैन, बाँच्नका लागि केही न केही त गर्नै प¥यो”, रानाले भन्नुभयो–“अगरबत्ती बेच्न जाँदा डो¥याउने व्यक्तिको व्यवस्था पनि उद्योगले नै गरिदिएको छ ।”

महेन्द्रनगरमा भने इन्द्र आफ्ना १३ वर्षीय भतिजा आर्यनको सहारामा आउनुभएको थियो । अगरबत्ती बेच्न इन्द्र झापा, धरान, विराटनगर, काठमाडाँैं, धनकुटालगायत सहर पुगिसक्नुभएको छ । हाल इनावरी अगरबत्ती बेच्न काठमाडाँै जानुभएको उहाँले बताउनुभयो । “म महेन्द्रनगर आएँ, इनावरी काठमाडौँतर्फ लागिन, म पनि छिट्टै अगरबत्ती लिएर काठमाडौँ जाँदै छु ।”

राना दम्पतीको मुक्तकमैया शिविरमा सानो घर छ । घर रेखदेखको जिम्मा दुई छोरालाई लगाएर दुवैजना अगरबत्ती बिक्री गर्न देश दौडाहामा निस्कने गरेका छन् । आर्थिक अभावकै कारण दुवै छोरालाई पढाउन नसकेको उनीहरु बताउँछन् । दृष्टिविहीन दम्पतीले कुनै पनि निकायबाट हालसम्म सहयोग नपाएको गुनासो गर्नुभयो । स्थानीय तहबाट आयआर्जनको काम पाउन सके सहज हुने राना दम्पती बताउँछन् ।

दिनभरी अगरबत्ती बिक्री गर्दा रु पाँच सयसम्म कमाउने गरेको इन्द्र बताउनुहुन्छ । “अगरबत्ती उद्योगले एक छाक खानाको खर्च दिन्छ”, उहाँले भन्नुभयो–“यसबाट जेनतेन गुजारा चलेको छ ।” एक प्याकेट अगरबत्तीको मूल्य रु ५० देखि रु एक सय ५० सम्म रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com