तामाङ सोसाइटी अफ अमेरिकाको भावी अध्यक्षका रुपमा मेरा १८ बुँदे कार्ययोजना


प्रकाशित मिति : भाद्र २०, २०७३ सोमबार

– शान्त थोकर

तामाङ सोसाइटी अफ अमेरिका न्युयोर्क राज्यमा सन् २००२ मा दर्ता भएको गैरनाफामुलुक सामाजिक संस्था भएको यहाँहरु सबैमा अवगत नै छ । हाम्रो कर्मभूमि संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेको सम्पूर्ण तामाङहरुलाई संगठित गर्ने र तामाङ संस्कृति र मौलिक परम्परालाई भावी सन्ततिसम्म पुर्याई आफ्नो मौलिक पहिचानलाई प्रवासमा समेत निरन्तरता दिने र नेपालीपनलाई सदा कायम राखीरहने हाम्रो समाजको उद्धेश्य हो । हाम्रो सांस्कृतिक पहिचानलाई निरन्तरता दिदै स्वदेशमा रहेका हाम्रा तामाङ सन्ततिको उत्थानको निम्ति प्रवासबाट आफ्नो सामर्थ्य अनुसार योगदान पुर्याउने महत्वपूर्ण उद्देश्य मध्येको एक उद्धेश्य यो संस्थाको हो ।

प्रवासमा आफ्नो समुदायको बृहत्तर हितमा कार्य सम्पन्न गर्दै यहींको अन्य समुदायसँग भातृत्वको सम्बन्ध कायम गर्दै सद्भावपूर्ण मानव समाजको विकासको निम्ति महत्वपूर्ण योगदान पुर्याउने उद्देश्य तामाङ सोसाइटी अफ अमेरिकाको रहेको जानकरी यहाँहरु समक्ष राख्न पाउदा म आफैले गौरव महसुस गरेकोछु । हाम्रो संस्थाले जन्मभूमिदेखि कर्मभूमिसम्म सामाजिक विकासको निम्ति जुन अहम् भूमिका निर्वाह गर्दै आएको छ त्यसले हामी तामाङहरु लगायत अन्य नेपाली समुदायले समेत गौरवानित हुने अवसर पाएको छौं ।
सन् २००७ देखि न्युयोर्कमा मेरो बसाई हुदाँदेखि नै मैले तामाङ सोसाइटी अफ अमेरिका र सिङ्गो तामाङ समुदायलाई आफ्नो सामर्थ्य अनुसार निरन्तर सहयोग पुर्याउदै आएको यथार्थ पक्कै पनि यहाँहरुबाट लुकेको छैन । तामाङ सोसाइटी अफ अमेरिकामा सन् २००८ देखि सन् २०१० सम्म मैले हाम्रै समाजको विश्वास र समर्थनमा महासचिवको हैसियतमा जिम्मेवारी सफलतापुर्वक सम्पन्न गरेको यहाँहरुमा सर्वविदित नै छ ।

हाल संयुक्त राज्य अमेरिकामा तामाङहरुको बाक्लो उपस्थिति बढ्दै गएको अवस्थामा र हाम्रो समाजको आवश्यकताहरु दिन दिनै बढीरहेको परिस्थितिमा तामाङ सोसाइटी अफ अमेरिकाको आठौ अधिवेशन यही अगष्ट २८, २०१६ मा न्युयोर्कमा सम्पन्न हुदैछ । समाजको बढदो महत्वकाँक्षलाई सही ढंगले सम्बोधन गर्न तामाङ सोसाइटी अफ अमेरिकाको आगामी अधिवेशनमा मैले पत्रकार सम्मेलन मार्फत समाजका अग्रजहरु तथा शुभचिन्तकहरुको समुपस्थितिमा सोसाइटीको अध्यक्ष पदमा मेरो उम्मेदेवारी घोषणा गरिसकेको छु ।
समाज विकासमा मैले पुर्याएको आफ्नो दशकौको अनुभवलाई तामाङ सोसाइटी अफ अमेरिकाको आगामी अधिवेशनदेखि नेतृत्व लिदै समग्र तामाङहरुको वृहत्तर हितको निम्ति सारथीको रुपमा सामाजिक जिम्मेवारी लिने आज म यहाँहरु समक्ष पुन प्रतिबद्दता व्यक्त गर्दै मेरो कार्यकालमा तामाङ सोसाइटी अफ अमेरिकाको गरिमालाई उच्च राख्न तपशिल कार्ययोजनाहरु सम्पन्न गरिने विश्वास दिलाउन चाहन्छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भावी कार्ययोजनाहरु
– तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रलाई सन् २०१८ भित्र शिलान्यास गरिनेछ
– तामाङ सोसाइटी अफ अमेरिकाको कार्यालय तत्काल संचालन गरिनेछ
– तामाङ सोसाइटी अफ अमेरिकालाई तामाङहरुको साझा संस्था बनाउनकोलागि सोसाइटीको नेतृत्वमा उत्तर अमेरिकामा रहेका सम्पूर्ण तामाङ संस्थाहरुबीच समन्यव गरी यथाशिघ्र साझा संजाल निर्माण गरिनेछ
– तामाङ सोसाइटी अफ अमेरिकाको नेतृत्वमा विश्व तामाङ सम्मेलन आयोजना गरिनेछ र सम्मेलन मार्फत अन्तरराष्ट्रिय तामाङ संजाल गठन गरिनेछ
– तामाङ सोसाइटी अफ अमेरिकाको नेपाल शाखा गठन गरिनेछ वा कन्ट्री कोअर्डिनटेर तोकिने
– तामाङ भाषाको अनलाईन् कक्षा यथाशिघ्र संचालन गर्नको लागि विज्ञहरु रहेको एक समिति गठन गरिनेछ
– तामाङ भाषा तथा बौद्ध धर्म सम्बन्धि कक्षा प्रत्येक हफ्ता आइतबारको दिन हाललाई न्युयोर्कबाट शुरुवात गरिनेछ
– नेपालमा तामाङ विद्यार्थीहरुकोलागि शैक्षिक छात्रवृत्ति कोष स्थापना गरिनेछ
– नेपाल सरकारको निजामती सेवामा तामाङहरुको उपस्थिति बढाउन लोकसेवा आयोगको तयारी परीक्षाको लागि शैक्षिक छात्रवृत्ति कोषमार्फत कार्यक्रम तर्जुमा गरिनेछ
– तामाङ समाजको आकस्मिक आवश्यकतालाई सम्बोधन गर्न “हाम्रो आकस्मिक कोष” को स्थापना गरिनेछ
– अब उप्रान्त डम्फु साँझ तथा ल्होसार कार्यक्रम सोसाइटीको अनुमोदनमा तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रले सम्पन्न गर्ने छ र भएको मुनाफा सोहि केन्द्रको कोषमा संचित गरिनेछ
– तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रको लागि अतिरिक्त कोष संकलन गर्न अमेरिका तथा अन्य मुलुकमा तामाङ संस्थाहरुबीच समन्यव गरी विविध कार्यक्रमहरु आयोजना गरिनेछ
– प्रत्येक तामाङहरुलाई तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रमा आबद्द गर्न विशेष परियोजना सहित प्रोत्साहन गरिनेछ
– हाम्रो दोश्रो पुस्ताको वृहत्तर विकासको निम्ति प्रत्येक वर्ष टीएसए समर क्याम्प एक हफ्ताको निम्ति संचालन गरिनेछ र सो क्याम्पको लागि आवश्यक पाठ्यक्रम सोसाइटीले विज्ञहरु मार्फत निर्धारण गर्नेछ
– टीएसए समर पिकनिक र क्याम्पको आयोजना गर्ने जिम्मेवारी टीएसए युथलाई लाई प्रदान गरिनेछ
– तामाङ सोसाइटी अफ अमेरिकाका सम्पूर्ण सदस्य एवं नव(आगन्तुक तामाङहरुलाई सहयोग पुर्याउने उद्देश्यले वेवसाइटमा अनलाइन सर्पोट सेन्टर इल संचालन गरिनेछ
– तामाङ डायस्पोराको आवश्यकतालाई सम्बोधन गर्न विशेष कार्य विभाजन सहित स्थायी विभागहरु निर्माण गरिनेछ
क – युवा तथा खेलकुद विभाग
ख- शिक्षा विभाग
ग- आप्रावास विभाग
घ – आदिवासी जनजाति विभाग

तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रलाई तदारुकताका साथ अगाडि बढाउन दाताहरुलाई प्रोत्साहन गर्न तपशिल अनुसार वर्गीकरण गरिनेछ
ए ः एकलाख डलर भन्दा माथिका दाता डायमण्ड संरक्षक
बी ः ६० हजार डलर देखि १ लाख तलका दाता प्लाटिनम संरक्षक
सी ः ३० हजार डलरदेखि ६० हजार भन्दा तलका दाता गोल्ड संरक्षक
डी ः १० हजार डलरदेखि ३० हजार भन्दा कमका दाता सिल्भर संरक्षक
इ ः ५ हजार डलरभन्दा माथिका दाता ट्रस्टी
एफ : १५ सय डलरका आजिवन सदस्य
जी: एकहजार डलरका सिटिजन
एच : ५ सय डलरका फ्रेण्ड्स अफ टीएसए

नोट ए, बी, सी, र डी श्रेणी सम्माननीय संरक्षक हुनाले सोसाइटी अथवा तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रको कार्य समितिमा रहन पाइने छैन । सोसाइटीको कार्य समिति अथवा तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रको कार्य समितिमा इ श्रेणीका दाता मात्र रहन सक्नेछन् ।

सम्पूर्ण आदरणीय तामाङहरुको सहयोगबाट तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष भएर आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गर्ने अभिलाशा मैले राखेको छु । मलाई विश्वास छ कि सदा झैँ मलाई यहाँहरुको सहयोग, सद्भाव र शुभचिन्ता रहिरहने छ । माथि प्रस्तुत भावी कार्ययोजनाहरु उपर यहाँहरुको सल्लाह सुझावहरुको अपेक्षा मैले राखेको छु ।
थोकर तामाङ सोसाइटी अफ अमेरिका आठौ अधिवेशन २०१६ मा अध्यक्षका उम्मेदवार हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com