पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहाइपछि घर फिर्ता


प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार

wiki

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना समर्थक र सुरक्षा बलबीच केही दिनदेखि जारी झडपलाई ‘गैरकानुनी’ घोषित गरेपछि शनिबार रिहाईपछि घर फर्किनुभएको छ ।

गत वर्षको अप्रिलमा सत्ताबाट हटाइए यता दर्जनौं कानुनी मुद्दामा मुछिएका एक समयका सप्रसिद्ध क्रिकेटरसमेत रहेका पूर्व प्रधानमन्त्री खानलाई जमानतमा रिहा गरिएको हो ।

उहाँको पक्राउपछि आक्रोशित समर्थकहरूले सरकारी भवनहरूमा आगजनी गरेका थिएभने सडकहरू अवरुद्ध गरेका थिए । उनीहरूले सेनाको सम्पत्तिमा समेत क्षति पु¥याएका थिए ।

रिहा भएपछि इस्लामाबाद उच्च अदालतबाट खानले एएफपीसँग भन्नुभयो, “देशको सबैभन्दा ठूलो पार्टीका प्रमुखलाई षड्यन्त्रपूर्वक अपहरण गरिएको थियो । उच्च अदालतबाट अपहरण गरिएको थियो र सिङ्गो राष्ट्रको सामुन्ने अपहरण गरिएको थियो ।” पक्राउपछिको प्रदर्शनबारे स्पष्टिकरण दिँदै उहाँले भन्नुभयो, “उनीहरूले मलाई आतङ्कवादीजस्तो व्यवहार गरे, यसको प्रतिक्रिया हुनुपथ््र्यो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत अप्रिलमा अविश्वासको प्रस्तावमा सत्ताबाट हटेपछि खानले सरकार र सरकारी सुरक्षा निकायविरूद्ध पटक–पटक आन्दोलित हुनुभएको छ ।

यसअघि, सरकारको गठबन्धनका प्रमुख तथा प्रधानमन्त्री शहबाज सरिफले हिंसालाई ‘सहयोग गर्ने, उक्साउने र भड्काउने’ कार्यमा संलग्नलाई ७२ घण्टाभित्र पक्राउ गर्नुपर्ने चेतावनी दिनुभएको थियो ।

लाहोर भ्रमणका क्रममा उहाँले भन्नुभयो, “राज्यविरोधी व्यवहार प्रदर्शन गर्नेलाई पक्राउ गरी आतङ्कवाद विरोधी अदालतमा मुद्दा चलाइनेछ ।”

खानका एक वकिलका अनुसार प्रदर्शन सुरु भएयता पीटीआईका वरिष्ठ नेतृत्वका भएको आन्दोलनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ भने सयौँको सङ्ख्यामा पक्राउ गरिएको छ ।

गृहमन्त्री राना सनाउल्लाले निकै लोकप्रिय रहेका खानलाई शरद ऋतुमा हुने चुनावअघि प्रहरीले पुनः पक्राउ गर्ने बताउँदै आउनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com