गाईजात्रासँगै लाखेंजात्रा


प्रकाशित मिति : श्रावण २५, २०७४ बुधबार

गोदावरी नगरपालिकास्थित चापागाउँ र ठेचोेमा प्रत्येक वर्ष मनाइँदै आएको गाईजात्रा यस वर्ष पनि भव्यताका साथ मनाएको छ ।

गाईजात्रासँगै परम्परागतरुपमा चल्दै आएको लाखें नाच समेत देखाउने प्रचलन छ । गाईजात्राका दिन गाईलाई लक्ष्मीको रुपमा सिंगारेर बजार परिक्रमा गराउने प्रचलन छ ।

जात्रा हेर्न यहाँ गोदावरी, लेले, छम्पी, धापाखेल, देवीचौरलगायतका क्षेत्रबाट व्यापक रुपमा मानिसहरुको उपस्थिति रहेको गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उहाँका अनुसार आजका दिन नेवारी परम्पराअनुसार यस वर्ष दिवङ्गत भएका परिवारका सदस्यले दान गरेमा मृत आत्माले शान्ति पाउने र स्वर्गलोकमा बास हुने विश्वास छ ।

स्थानीय सन्तवहादुर देशारका अनुसार गाईजात्रासँगै मनाइने लाखेंजात्रा नेवारी समुदायको प्रत्येक टोल–टोलमा मनाउने चलन छ । लाखेंको रुपमा नाच्ने व्यक्तिले आफ्नो अनुहार नदेखिने गरी मकुन्डो लगाउने गर्दछ भने उक्त मकुन्डोमा लामो खालको कृत्रिम कपाल समेत रहने गरेको उहाँले बताउनुभयो । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।


नुवाकोटको साततले दरवारक्षेत्रको इन्द्रचोकमा मंगलबार गाइजात्राको अवसरमा लाखे नाच नाच्दै । तस्बिर : नवदीप श्रेष्ठ, नुवाकोट, रासस


नुवाकोटको साततले दरवारक्षेत्रको परिसरमा मंगलबार निकालिएको गाईजात्रा । त्रिशूली, बट्टार, देविघाट, दुईपिपल, बेत्रावती लगायतका क्षेत्रमा मंगलबार गाईजात्रा पर्व मनाइएको छ । तस्बिर : नवदीप श्रेष्ठ, नुवाकोट, रासस


गाइजात्रा पर्वको अवसरमा आज गोरखामा बसोबास गर्ने नेवार समुदायले सदरमुकाममा निकालेको जात्रा । तस्बिर : प्रशन्न पोखरेल, गोरखा, रासस


आफ्नो दिवंगतहरुको सम्झनामा मंगलबार भक्तपुरमा निकालिएको गाइजात्रामा सहभागीहरु । दिवंगत आत्माको चिरशान्तिका लागि ताहसा (गाईको प्रतिक) बनाएर मृतकको तस्बिर राखेर विभिन्न बाजागाजासहित घिङताङघिसिं नाच्दै नगरपरिक्रमा गर्ने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ, रासस ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com