मुकेशलाई शहीद घोषणा गरिन्छ : मन्त्री मोदी


प्रकाशित मिति : बैशाख २८, २०८० बिहीबार

sfo:ysf] kfly{j z/L/df /fli6«o em08f cf]9fpFb} dGqL df]bL sfe|]knf~rf]s, @* j}zfv M ;ª3Lo dfldnf tyf ;fdfGo k|zf;gdGqL cdgnfn df]bL laxLaf/ sfe|]knf~rf]ssf] ag]kfdf hgcfGbf]ng @)^@÷)^# sf qmddf ;’/IffsdL{sf] uf]nL nfuL 3fOt] x’g’ePsf ag]kf gu/kflnsf–* sf d’s]z sfo:ysf] kfly{j z/L/df /fli6«o em08f cf]9fpg’x’Fb} . ;f] cfGbf]ngdf 3fOt] x’Fbf !$ aif{sf] sfoiy !* jif{b]lv cw{r]t cj:yfdf pkrf//t x’g’x’GYof] . pxfFsf] lxhf] ;fFem lgwg ePsf] xf] . tl:a/M /fhs’df/ k/fh’nL÷/f;;

  बुधबार साँझ निधन हुनुभएका दोस्रो जनआन्दोलनका घाइते  मुकेशको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुकेशलाई शहीद घोषणा गर्नेमा गर्ने बताउनु भएको छ  । “ मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल छ”, मन्त्री मोदीले भन्नुभयो । लोकतन्त्र प्राप्तिमा मुकेशले पु-याउनुभएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उहाँले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गर्नुभयो ।
मन्त्री मोदीले भन्नुभयो “इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो । उहाँले १८ वर्षसम्म शय्याबाटै मृत्युसँग जुधिरहनुभयो ।” सामान्यभन्दा विशेष नागरिकको मृत्यु ‘विशेष’नै हुनेगरेको  र हरेक मनिसको मृत्यु फरकफरक ढङ्गले हुनेगरेको उहाँको भनाइ थियो ।
सो अवसरमा मन्त्री मोदीलाई मुकेश प्रतिष्ठानमार्फत मुकेशलाई शहीद घोषणा गर्नुपर्ने,  उहाँको नाममा स्वास्थ्य संस्था निर्माण गर्नुपर्नेलगायत  माग प्रस्तुत  गरिएको थियो ।
श्रद्धाञ्जली अर्पणका लागि मुकेशको शवलाई बनेपा नगरपालिका कार्यालय प्राङ्गणमा राखिएको छ । श्रद्धान्जली सभामा काभ्रेपलाञ्चोकका सङ्घीय सांसदद्वय सूर्यमान दोङ र गोकुलप्रसाद बाँस्कोटा, प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं स्थानीयवासीको उपस्थिति थियो । दिउँसो मुकेशको   शवलाई नगर परिक्रमा गराइ साँझ बनेपास्थित उग्रतीर्थमा अन्त्यष्टि गरिने जनाइएको छ ।
अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ७ः३० बजे निधन हुनुभएका मुकेश जनआन्दोलनमा घाइते हुँदा १५ वर्षका हुनुहुन्थ्यो बत्तीस वर्षका उहाँको स्वास्थ्यमा केही दिनदेखि थप समस्या भएपछि बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
जनआन्दोलन भइरहँदा बनेपाको तीन दोबाटोमा विसं २०६२ चैत २७ गते मुकेशको बाँया कञ्चटमा सुरक्षाकर्मीको गोली लागेर सख्त घाइते हुनुभएको थियो । त्यस दिनदखि उहाँको होस् नखुल्नाका साथै बाँया हात राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भएपनि मुकेशको टाउकोमा गहिरो खाल्डो थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएको दिनदेखि ओछ्यानमा पर्नुभएका मुकेशलाई ‘ज्यूँदो शहीद’ भन्ने गरिन्थ्योे ।
दोस्रो अनआन्दोलनका क्रममा काभे्रपलाञ्चोकको नालाका भिमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँस्थित जोरपाटीमा मारिनुभएको थियो भने ४० जना घाइते भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com