तपाईको अमेरिकी पासपोर्ट हरायो भने तुरुन्तै चाल्नुपर्छ यस्तो कदम


प्रकाशित मिति : माघ २४, २०८० बुधबार

आफ्नो अमेरिकी पासपोर्ट फेला पार्न सक्नुभएन ? हराएको वा चोरी भएको पासपोर्ट हराएको वा चोरी भएको थाहा पाउने बित्तिकै दुरुपयोग हुन नदिन तुरुन्त अनलाइन रिपोर्ट फाइल गर्न अमेरिकी विदेश मन्त्रालयले सुझाव दिएको छ ।

पासपोर्ट दुरुपयोग हुनबाट जोगाउन आफ्नो भौतिक अमेरिकी पासपोर्ट हराएको वा चोरी भएको अनलाइनबाट रिपोर्ट गरेपछि अमेरिकी सरकारले यसलाई तुरुन्तै रद्द गर्छ । तपाईंले उक्त पासपोर्ट पछि फेला पारे पनि अन्तर्राष्ट्रिय यात्राको लागि प्रयोग गर्न सक्नुहुन्न। तपाईंको पासपोर्ट हराएको वा चोरी भएको रिपोर्ट गर्दा स्वतः नयाँ पासपोर्ट प्राप्त हुँदैन। नयाँ पासपोर्टका लागि आवेदन दिनुपर्छ ।

अनलाइनबाट रद्द गर्न यहाँ क्लीक गर्नुहोला ।

तपाईंले अमेरिकी विदेशमन्त्रालयको फारम फिलर प्रयोग गरेर आफ्नो पासपोर्ट हराएको वा चोरी भएको अनलाइन रिपोर्ट गर्दा नयाँ पासपोर्टका लागि पुन आवेदन दिन चाहे नचाहेको सोधिनेछ । फारम भर्ने व्यक्तिले नयाँ पासपोर्टका लागि पुन आवेदन दिन चाहेमा प्रणालीले हराएको वा चोरी भएको पासपोर्टका लागि डीएस ६४ र अमेरिकी पासपोर्ट आवेदन डीएस ११ दुबै आवेदन सिर्जना गर्नेछ । यो फारम कागजमा भरेर हुलाकमार्फत पनि पठाउन सकिन्छ भने नयाँ पासपोर्टका लागि आवेदन दिंदा डीएस ६४ भरेर एकैसाथ पनि पासपोर्ट हराएको वा चोरी भएको जानकारी दिन सकिन्छ ।

अमेरिकाको सन् २०२१ मा जारी अर्को पुस्ताको राहदानी ।

हराएको वा चोरी भएको पासपोर्ट प्रतिस्थापन गर्न आवेदक आफै उपस्थीत भएर फारम डीएस ११ पेश गर्नुपर्छ। कहाँ आवेदन दिने भन्नेकुरा आवेदक अमेरिकाभित्र छ वा बाहिर भन्ने कुराले निर्धारण गर्छ । यदि आवेदक अमेरिकामा भएमा र नौ हप्ता पछिमात्र यात्रा गर्ने भएमा नयाँ पासपोर्टका लागि आवेदन केन्द्रबाट आवेदन दिन अपोइन्टमेन्ट लिनुपर्छ । यदि नौ हप्ता भन्दा कममा यात्रा गर्ने भएमा पासपोर्ट एजेन्सी वा केन्द्रमा व्यक्तिगत रूपमा आवेदन दिनको लागि अपोइन्टमेन्ट लिन योग्य हुन सकिनेछ । अमेरिबाहिर भएमा भने आफ्नो पासपोर्ट बदल्नको लागि आफ्नो नजिकको अमेरिकी दूतावास वा वाणिज्य दूतावासलाई सम्पर्क गर्नुपर्छ ।

यदि व्यक्तिगत रूपमा आवेदन गर्दा वा हुलाकबाट नवीकरण गर्दा अमेरिकी विदेश मन्त्रालयले पासपोर्ट पठाएको दुई हप्ता पछिपनि प्राप्त नभएमा तुरुन्त विदेश मन्त्रालयमा सम्पर्क गर्नुपर्छ । पासपोर्ट कहिले पठाएको भन्ने जानकारी अनलाइनमा स्टाटस चेक गरेर हेर्न सकिन्छ । यदि पासपोर्ट जारी भएको मितिबाट ९० दिन भित्र हुलाकमा हराएको रिपोर्ट नगरेमा फेरि आवेदन दिनुपर्छ र लागू हुने सबै शुल्कहरू तिर्नु पर्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com