शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग


प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार

राष्ट्रियसभाको आजदेखि सुरु भएको १४औँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

बैठकमा नेकपा(एमाले)का देवेन्द्र दाहालले नक्कली भूटानी शरणार्थीसम्बन्धी हल्ला बन्द गरी छानबिनका लागि गठन भएको समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । झापाका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा केही दिनअघि पार्टी अध्यक्षको टोलीलाई लक्षित गरी भएको ढुङ्गामुढाको प्रयासका घटनाको छानबिन नभएकोमा आलोचना गर्दै उहाँले प्रतिपक्ष विरुद्धमा सरकार खनिएको आरोप लगाउनुभयो ।

आर्थिक सङ्कटले मुलुकमा भयावह स्थिति सिर्जना हुन सक्ने भएकाले समयमै सजग र रहन सुझाव दिँदै उहाँले मुलुकमा खोजी भएको वैकल्पिक शक्तिले जनताका आकाक्षालाई पूरा गर्न नसक्ने ठोकुवा गर्नुभयो । विपक्षलाई साथमा लिएर जाने भनेको प्रजातन्त्रको सुन्दर पक्ष भएको बताउँदै सदस्य दाहालले अर्थतन्त्र र देशको समग्र समस्या सम्बोधन गर्न प्रतिपक्षसँग बस्ने वातावरण नभएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “विधेयक अधिवेशन भए पनि अघिल्लो अधिवेशन त्यतिकै खेरा गयो, कुनै विधेयक पास हुन सकेन । सरकार गठन र फेर बदलमै बित्यो । देशमा गठबन्धनले विकृति ल्यायो । एमाले विरुद्ध गरिएको गठबन्धनले देशलाई अनिर्णय बन्दी बनाइएको छ ।” देशको बिग्रदो अर्थतन्त्रलाई सम्बोधन गर्ने खाका ल्याउन वर्तमान सरकारको ल्याकत नरहेको आरोप लगाउँदै नेता दाहालले भन्नुभयो, “जनताको पनि उत्पादनमा भन्दा उपभोगमा मात्र ध्यान गएको छ । सरकार पनि उद्योगधन्दा र रोजगारी सिर्जना गर्नमा सरकार उदासिन छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com