उज्ज्वल ठकुरीलाई अमेरिकाको लिजेण्ड अवार्ड


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

कराँते खेलाडी उज्ज्वल ठकुरीलाई अमेरिकी मार्शल आर्टस् एलाइन्स ( एएमएए) ले प्रतिष्ठित सम्मान मानिने ‘हुज हु लिजेन्ड अवार्ड’ प्रदान गरेको छ । अमेरिकी मार्शल आर्ट विधामा साहसिक एवम उत्कृष्ट सम्मान मानिने यो विधामा सुचीकृत हुने ठकुरी, सम्भवत पहिलो नेपाली खेलाडी हुन् । साहसिक एवम उत्कृष्ट खेल कला प्रर्दशनको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।
 
गत शुक्रबार अगस्त ४ तारिख मेरिल्याण्ड राज्यको नेशनल हर्वरमा आयोजित बिशेष समारोहमा ठकुरीलाई ‘ब्ल्याकबेल्ट लिजेन्ड’ अवार्डले सम्मान गरिनुको साथ साथै अमेरिकि किताबमा उज्ज्वल  ठकुरीको नाम सदाका लागि छापिएको छ l सो अवसरमा विभिन्न पाँच विधामा साहसिक एवम उत्कृष्ट खेलाडीहरुलाई अवार्ड प्रदान गरिएको थियो । जसमध्ये अमेरिकी मार्शल आर्ट्सका बिशिष्ट ब्यक्ति मानिने ग्राण्ड मास्टर झुन रि,पाईनियर एचिभमेन्ट अवार्डबाट पुरस्कृत भए । यो महत्वपूर्ण किताबमा हॉलीवुडका  “माइकल जे व्हाइट ” सिन्थिया रोदक” सँग संगै प्रचलित व्यक्तिको नाम र फोटो छापिएको छ l 
 
अमेरिकी मार्शल आर्ट एलाईन्सको यो सम्मानसँगै पुरस्कृत व्यक्तित्वको योगदान, चिनारी एवम उपलब्धि बारे आयोजकले पुस्तक प्रकाशनमा ल्याउने प्रचलन छ । जस अनुसार यस पटकको पुस्तकमा ठकुरीको योगदान,कला एवम साहसिक यात्रा बारे उल्लेख गरिएको छ । 
 
भ्यान डाम स्टाईल’ अन्तर्गत शरीरले १ सय ४० पाउण्ड एवम दाँतले एक सय पाउण्ड वजन उचाल्नुका अतिरिक्त २२ वटा काठका पाताहरुलाई भाँच्न सफल भएका कारण ठकुरी अवार्ड पाउन सफल भएका हुन् । भ्यानडम  स्टाइल तेन्सो काता र भ्यानडम स्टाइल खुकुरी कातामा पोख्त उनी, पाँचौ स्तरका ब्ल्याकबेल्ट हुन ।
 
अवार्डले उत्साहित उनले भने ‘नेपाली मार्शल आर्टस्लाई संसारमा स्थापित गराउने मेरो लक्ष्य हो । यसैमा लागि परेको छु ।’ रिटायर्ड लेफिनेन्ट कर्नेल ग्यारी क्लस बाट प्रशिक्षित ठकुरीले अमेरिकाका १० राज्यमा आयोजित विभिन्न च्याम्पियनसीपमा प्रतिस्पर्धा गरिसकेका छन् । विभिन्न साहसिक एवम अनौठा मार्शल आर्टस् विधाका लागि पोख्त, ठकुरी अमेरिका स्थित नेपाली डायस्पोराबाट धेरै पटक सम्मानित एवम् पुरस्कृत भइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com