सर्बेन्द्रको अमेरिकामा वाहीवाही


प्रकाशित मिति : श्रावण १०, २०७३ सोमबार

 

वासिंटन डिसी क्षेत्रमा आयोजित एक कार्यक्रममा बोल्दै सर्बेन्द्र । फोटो ः इनेपलिज

महानगरीय अपराध महाशाखा काठमाडौंमा आफ्नो कार्यदक्षताका कारण प्रशंसा कमाएका एसएसपी सर्बेन्द्र खनालले अमेरिका भ्रमणका क्रममा नेपालीहरुबाट वाहीवाही पाएका छन् । अमेरिकामा रहेका विभिन्न नेपाली संघसंस्था र समुहहरुले सर्बेन्द्रको सम्मानमा कार्यक्रम समेत गरेका छन् । ती कार्यक्रमहरुमा सर्वेन्द्रको सम्मान र प्रशंसा गरिएको थियो । क्यालिफोर्नियाको लस एन्जलसमा सम्पन्न नेपलिज अमेरिकन कन्भेन्सनमा मुख्य वक्ताका रुपमा भाग लिन आएका खनालले झण्डै तीनसाता अमेरिकाको विभिन्न ठाउको भ्रमण गरेका थिए ।

क्यालिफोर्निया, वासिंटन डिसी, बाल्टिमोर, न्युयोर्क लगायतका स्थानमा गरिएका कार्यक्रमहरुमा सहभागी भएर उनले अन्तरकृया गरेका थिए । कार्यक्रमहरुमा बक्ताहरुले सर्बेन्द्रले अपराध नियन्त्रणमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मष्ट वान्टेड सूचिका गुन्डा नाइके कुमार घैंटेलाई इन्काउन्टर गर्ने खनालको काठमाडौ आएपछिको पहिलो ठूलो सफलता थियो । घैँटेलाई इन्काउन्टर गरेको तीन घण्टाभित्र तत्कालीन गृहमन्त्री बामदेव गौतमले खनालाई बधाई दिएको कुरा सञ्चारमाध्यहरुमा छिन भरमै छायो ।
घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरुले फोनबाट बधाई दिएको खनालले बताएका थिए । यो सफलमा नेपाली कंग्रेस धेरै खुसी देखिएनन । तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री सुशील कोइरला लगायतका वरिष्ठ नेताहरु घटनाप्रति मौन देखिए भने केही कांग्रेस नेता एसएसपी खनालमाथि खानिए नै । यस सफलतामा उनले बधाईका साथै गालीखाएको तीतो अनुभव पटक पटक सुनाउने गर्दछन् । घैँटेले उनी डीएसपी हुँदा आक्रमण गरेर गाडी तोडफोड गरिदिएको थियो ।

भनेपछि गर्ने र गरेपछि परिणाम देखाउने खुबी भएका उनको दोस्रो ठूलो सफलता थियो, पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको अप्रेसन । राष्ट्रिय खेलाडीहरूलाई नियन्त्रणमा लिनु अरुका लागि असम्भव देखिएको थियो भने उनले जिम्मेवारी समालेको केही महिलाभित्र गरेर देखाए । म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजाधुजा पारेको केही समयमामा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो । २३ वर्षपछि नेपालले अन्तराष्ट्रिय खेल जित्यो । त्यो बेला उनले मिडियामा प्रतिक्रिया दिँदै भने ‘मेरो उदेश्य पूरा भयो’ । यो सफलतापछि उनी हाइ हाइ नै भए ।

खेलको सौदाबाजी गर्ने आरोपमा राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कटघरामा खडा गर्यो । देश बाहिर खेल हारेर आउँदा सौदाबाजी भएको चर्चा बेला बेला हुने गरेको थियो तर,त्यसको चुरोकुरो पत्ता लगाउनका लागि उनी जिम्मेवारी सम्हालेको वर्षदिन नपुग्दै सफल भए ।

नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिवलाई भ्यालखानको बाटो देखाइ दिए । यसैगरी लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हतकडी लगाए । १ सय लिटर तेल हाल्दा मिटरमा १ सय लिटर देखिए पनि ५ लिटर कम हुने गरेको प्रहरीको अनुसन्धानपछि खुल्नआयो । प्रहरीले नेपाल पेट्रोल एसोसिएसनका पदाधिकारी सहित पेट्रोल पम्पका सञ्चालकलाई पक्राउ गर्यो । खनालको टोलीले नाकाबन्दीले जनताले पीडा भोगेको बेला त्यसको फाईदा उठाउँदै कालोबजारी गर्न सहयोग गरेको आरोपमा सरकारका सहसचिव तथा नापतौल विभागका प्रमुख रामआधार साहलाई हतकडी लगायो ।
उद्यमी जमिम शाहको हत्यारालाई खनाले नै पक्राउ गरे । महासाखामा जिम्मेवारी लिएर आएको एक हप्तामै उनले हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । जमिम साहको २०६६ सालमा हत्या भएको थियो ।

ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै एसएसपी खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई एसएसपी खनालकै टोलीले पक्राउ गरेर देखायो ।

अवैध रुपमा सञ्चालन भएका कन्सलटेन्सी पनि उनको नजरबाट बच्न सकेनन् । अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोल्यो । ‘निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन ,छापा हान्न थालेपछि अतालिएका दलालहरु कन्सलटेन्सी दर्ता गराउन तछाडमछाड नै गरे ।
विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णु बहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे । अनेकन प्रलोभन देखाएर ठगी गर्ने यी दुई दाजुभाई हुन ।

जनकपुर, पर्सा लगायतको स्थानमा बस्दा एसएसपी खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरै पटक आफ्ने ज्यानसंग खोल्नु पर्यो । उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए । उनले नेतृत्व समालेपछि माहासाखाले सयौं मुद्धामाथि सफल अप्रेसन गरिसकेको छ ।
राष्ट्र र जनताको पक्षमा काम गर्ने कुशल र बहादुर योद्धा विरलै जन्मन्छन् । जसको कामप्रति आशा र भरोषा गर्न सकिन्छ । समाजलाई सत्यको बाटो देखाउने र समाजमा रहेका विकृति र विसंगतीको विरुद्ध धावा बोल्ने खनाल अहिलेलाई नेपाली समाजका नायक हुन भन्दा फरक पर्दैन ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com