२६ वर्षीया हेमा जोशी : समाजशास्त्रमा स्वर्ण, आधा दर्जन पुस्तक लेखन


प्रकाशित मिति : बैशाख ४, २०८० सोमबार

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयबाट नेपाली र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी भीमदत्त नगरपालिका–१८ का हेमा जोशीले दुई वर्षमा सोही विश्वविद्यालयमा अध्यापन हुने आधा दर्जन पुस्तक लेख्नुभएको छ ।

कम उमेरमै विद्यावारिधिमा अनुसन्धानरत (नेपाली शिक्षा) रहनुभएकी २६ वर्षीया विद्यार्थी उहाँले दुई वर्षमा आठवटा पुस्तक लेखिसकेकोे बताउनुभयो ।

केही दिनअघि समाजशास्त्रमा विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाटस्वर्ण पदकसमेत प्राप्त गर्नुभएकी जोशीले विद्यावारिधिपछि शैक्षिक क्षेत्रमै सक्रिय हुने योजना रहेको बताउनुभयो ।

सामान्य पारिवारिक अवस्थाकी जोशीले ‘नेपाली भाषा शिक्षा’ सहलेखन पहिलो पुस्तक दुई वर्षअघि लेखेको जानकारी दिनुभयो । अहिले उहाँको ‘सामाजिक संस्था र प्रक्रियाहरुको विश्लेषण पुस्तक’ स्नातकोत्तर तहमा अध्यापन हुन्छ । जोशीले भन्नुभयो, “ती पुस्तकबाट १५ देखि २० प्रतिशत रोयल्टीबापत पारिश्रमिक मिन्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले लेख्नुभएको ‘भाषा सञ्चार र प्रविधि’, उक्त विश्वविद्यालयको स्नातक तहको आठौँ सेमिष्टरमा अध्यापन हुन्छ । अध्ययन र पुस्तक लेखनसँगै भविष्यमा विद्यावारिधि सकेर शिक्षण पेसामा सक्रिय रहने योजना जोशीले बनाउनुभएको छ ।

उहाँ प्रवीणता प्रमाणपत्र तहमा अध्ययनरत हुँदा खेलकुद क्षेत्रमा पनि अब्बल हुनुहुन्थ्यो । सुदूरपश्चिम विश्वविद्यालयबाट चारवटा प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता खेलेको अनुभव जोशीले सुनाउनुभयो । “ ब्याडमिन्टनमा एकलतर्फ रजत पदकसम्म जितँे”, उहाँले भन्नुभयो, “कोरोनाका अवधिमा अम्पायरको तालिम पनि लिए ।”

अध्ययनमा अब्बल उहाँले आफूलाई निजी विद्यालयबाट शिक्षण पेसाका लागि मौकाहरु आएको जानकारी दिनुभयो । “जागिरको अफर आएको थियो”, जोशीले भन्नुभयो, “अझै पनि पुस्तक लेखनलाई नै निरन्तरता दिन्छु ।”

नेपाली सेनाको जम्दार पदबाट सेवानिवृत्त बुवा र गृहिणी आमाकी छोरी उहाँले कक्षा १० सम्मको अध्ययन लक्ष्मी मावि खैरभट्टीबाट र उच्च माध्यमिक शिक्षा तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसबाट गर्नुभएको थियो ।

भाषा शिक्षकको पेसागत उन्नयनको अवधारणा (सहलेखन २०७९), नेपाली भाषा र साहित्य शिक्षण (सहलेखन २०७९) प्राज्ञिक लेखन (एकल २०७९), भाषा सञ्चार र प्रविधि (एकल २०७९) सहित आधा दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशित छन् ।

जोशीका नेपाली भाषा, साहित्य, भाषा, शिक्षण, लोकसाहित्यलगायत क्षेत्रमा अनुसन्धात्मक समसामयिक सन्दर्भ तथा विज्ञ समीक्षित लेखहरु तथा साहित्य विषयक लेखहरु प्रकाशित छन् ।

विश्वविद्यालयको दीक्षान्त समारोमा केन्द्रीय क्याम्पसका जोशीसँगै आठजना दीक्षित भएकामा दुई छात्रा र छ छात्र थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com