नासामा जागिर खान ९ वर्षीयको आवेदन


प्रकाशित मिति : श्रावण २२, २०७४ आईतबार

श्रावण २२, २०७४- अमेरिकामा चार कक्षामा पढ्ने विद्यार्थीको चिठीले अमेरिकी अन्तरिक्ष संस्था नासाको ध्यान तानेको छ । गत साता नासाले साना जीवाणुहरूबाट अन्य ग्रहलाई जोगाउन सक्ने क्षमता भएको व्यक्तिलाई ‘ग्रह संरक्षण अधिकृत’ पदमा आवेदन माग गरेको थियो । उक्त पदमा न्युजर्सीको विद्यालयमा अध्ययनरत ९ वर्षीय ज्याक डेभिसले आवेदन दिएपछि नासाका अधिकारीहरू अचम्ममा परे ।

डेभिसले आफू ग्रहको ‘वास्तविक अभिभावक’ भएको दाबीसहित हातैले आवेदनपत्र लेखेका थिए । उनले पत्रमा लेखेका छन्, ‘म नौ वर्षको मात्र हुँला, तर मलाई लाग्छ, म यो पदका लागि योग्य छु ।’

उनले अमेरिकी टेलिभिजन सिरियल ‘मार्भेल एजेन्टस् अफ सिल्ड’ हेरेको र ’म्यान इन ब्ल्याक’ चलचित्र हेर्ने आशा राखेको बताए । ‘मैले अन्तरिक्ष र एलियनसम्बन्धी सबैजसो सिनेमा हेरेको छु ।’ उनले पत्रमा लेखेका छन्, ‘मेरी दिदीले त एलियनजस्तै छस् भन्नुभएको छ, म युवा छु त्यसैले एलियनले जस्तै सबै कुरा चाँडै सिक्न सक्छु, त्यसकारण म यो जागिरका लागि ठीक छु ।’ अमेरिकी टेलिभिजन अन्तरवार्तामा डेभिसले नासामा काम गर्न ‘वास्तवमै मजा’ हुन्छ भन्ने लागेकाले पत्र लेखेको बताए । उनले भने, ‘म मात्रै एक हो जसले वास्तवमै नासामा काम गर्न चाहन्छ ।’ नासाको ग्रह विज्ञान विभागका निर्देशक जेम्स एल ग्रिनले डेभिसको पत्रको जवाफ दिँदै उक्त पद निकै महत्त्वपूर्ण भएको बताए ।

उनले ‘ग्रह संरक्षण अधिकृत’ ले मुख्यत: पृथ्वीलगायत अन्य ग्रहलाई स–साना जीवाणुहरूबाट बचाउनुपर्ने भएकाले त्यसका लागि आफूलाई योग्य बनाउन सुझाव दिए । उनले भने, ‘कुनै दिन तिमीलाई नासामा जागिरेको रूपमा देख्ने आशा छ ।’ नासाले विज्ञापन गरेको ‘ग्रह संरक्षण अधिकृत’ पदको तलब वार्षिक १ लाख २४ हजारदेखि १ लाख ८७ हजार डलर दिने बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com