बैतडीमा जिप दुर्घटना:एकै गाउँका ६ जनाको मृत्यु,५ यात्रु हाम फालेर ज्यान जोगाए


प्रकाशित मिति : चैत्र २८, २०७९ मंगलबार

बैतडीमा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु भएको छ। मंगलबार मध्यराती पाटन नगरपालिका–८ झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडी का प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार खोड्पेबाट बझाङतर्फ गइरहेको से १ ज ७६४ नम्बरको जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो।

दुर्घटनामा परेर बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, गोरख बोहरा, नरे बोहरा, बिर्ख बोहरा, मान बहादुर धामी र बिरे बोहराको मृत्यु भएको छ।
ञदुर्घटनाको कारण खुलेको छैन, जिपमा सवार अन्य पाँच जनाले हाम फालेर ज्यान जोगाएका छन,झ प्रहरी निरीक्षक खत्रीले भने, उहाँहरु सकुशल हुनुहुन्छ ।

जिपमा चालक सहित १२ जना सवार थिए। जिप चालक दुर्घटना पछि फरार रहेको प्रहरीले जनाएको छ। जिपमा सवार अधिकाँस नयाँ वर्ष ९विसु० मनाउन भारतमा मजदुरी गरेर घर फर्किरहेका रहेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com