सांसदले पैसा बुझाउने कोर टीम भनेको को हो? छानबिन गर्नुपर्छ: उपसभापति गुरुङ


प्रकाशित मिति : चैत्र २७, २०७९ सोमबार

नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नको लागि व्यापारीसँग पैसा मागेको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् ।सांसद सदस्यले घुस मागेको विषयमा संसद् चुप लागेर बस्न नहुने उनले बताए ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको सभामुखसँग समय लिएर गुरुङले सांसदले घुस मागेको विषयमा छानबिन गर्नुपर्ने बताएका हुन् ।

‘बिडम्बनाका साथ भन्न्पर्छ सांसद भइसकेको व्यक्तिले मन्त्री बन्नका लागि एउटा व्यवसायीसँग पैसा माग्नुभन्दा लज्जाबोध के हुन्छ ? त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनु पर्छ–कोर टीम भनेको को हो रु त्यसको छानबिन गर्नुपर्दैन सभामुख महोदय ?’ गुरुङले संसदमा भने, ‘प्रतिनिधिसभाको सदस्यले गरेको वार्तालाप, कमीसन र भ्रष्टाचार सन्दर्भमा संसद् चुप लागेर बस्नु हुँदैन । संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्छ ।’

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले विवादास्पद व्यापारी दुर्गा प्रसाईंसँग स्वास्थ्य मन्त्री बन्न २ करोड रुपैयाँ पैसा मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com