‘आदर्श पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने


प्रकाशित मिति : चैत्र २३, २०७९ बिहीबार

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले यस वर्षको ‘आदर्श पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ । शाखाको आज बसेको कार्यसमितिको बैठकले रु एक लाख एक हजार एक सय ११ राशिको सो पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष सूर्य सुवेदीले जानकारी दिनुभयो ।

शनिबार हुने शाखाको २३औँ साधारणसभामा शाखाका संस्थापक अध्यक्षसमेत रहनुभएका पत्रकार नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । अध्यक्ष सुवेदीले भन्नुभयो, “काठमाडौँ शाखाको शङ्खरापुर नगरपालिकामा यही चैत ३ र ४ गते बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो, आजको बैठकले सो पुरस्कार नेपाल महासङ्घ केन्द्रीय समितिका पूर्वअध्यक्ष एवं काठमाडौँ शाखाका सस्थापक अध्यक्षसमेत रहनुभएका वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com