५० प्रतिशत आप्रवासी अमेरिका आउन रोक्ने विधयेकमा अमेरिकी महान्यायाधिवक्ताको समर्थन


प्रकाशित मिति : श्रावण २०, २०७४ शुक्रबार

बुधबार अमेरिकी सिनेटमा पेश गरिएको आप्रवासी कटौतीगर्ने विधयेकमा डिपार्टमेन्ट अफ जस्टिसका महान्यायाधिवक्ता जेफ सेसनले समर्थन जनाएका छन् । डिभी लोटरी बन्द गर्ने, पारिवारिक आधारमा पाउने ग्रिनकार्डको कोटा घटाउने, प्वाइन्ट सिस्टमबाट ग्रिनकार्ड दिने र शरणार्थी संख्या घटाउने विधयेकमा महान्यायाधिवक्ताले समर्थन जनाएका हुन् ।

सिनेटमा प्रस्तुत गरिएको यो प्रस्तावले अमेरिकाको सार्वजनिक लाभको कार्यक्रमको गैरकानुनी दुरुपयोग हुनबाट रोक्ने महान्यायधिवक्ताले विश्वास व्यक्त गरका छन् । साथै हरेक आवेदनको कडा छानविनमा लगाइने अतिरिक्त समयले हरेक आवेदनले अमेरिकाको राष्ट्रिय रुचीमा मद्दत गर्ने कुराको सुनिश्चित गर्ने उनले बताएका छन् ।

यस अगाडि यो विधयेकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन जनाइसकेका छन् । ट्रम्पले यो विधयेक पारित भएमा शताब्दीकै ठूलो अध्यागमन सम्बन्धी परिवर्तन हुने बताएका छन् । तर यो विधयेक पारित हुने आवश्यक पर्ने ६० भोट जुटाउन भने सिनेटलाई नै हम्मे हम्मे पर्ने देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com