३० प्वाइन्ट पुर्याउनेलाई अमेरिकी ग्रिनकार्ड प्रस्ताव (आफ्नो योग्यता जाँच्नुहोस् )


प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार

बुधबार अमेरिकी सिनेटमा पेश गरिएको विधयेक पारित भएमा हरेक बर्ष १ लाख ४० हजारसम्म आप्रवासीहरुले प्वाइन्ट सिस्टमबाट ग्रिनकार्ड प्राप्त गर्न सक्नेछन् । कुल ३० प्वाइन्ट पुर्याउने आवेदकहरु यसका लागि आवेदन दिन योग्य हुनेछन् ।

यसरी गरिनेछ प्वाइन्टको हिसाब

उमेर

१८ देखि २१ बर्ष  : ६ प्वाइन्ट
२२ देखि २५ बर्ष  : ८ प्वाइन्ट
२६ देखि ३० बर्ष :  १० प्वाइन्ट
३१ देखि ३५ बर्ष :  ८ प्वाइन्ट
३६ देखि ४० बर्ष : ६ प्वाइन्ट
४१ देखि ४५ बर्ष : ४ प्वाइन्ट
४६ देखि ५० बर्ष : २ प्वाइन्ट

शिक्षा

अमेरिका वा विदेशी हाइस्कुल : १ प्वाइन्ट
विदेशी ब्याचलर डिग्री : ५ प्वाइन्ट
अमेरिकी ब्याचलर डिग्री : ६ प्वाइन्ट
विदेशी मास्टर डिग्री : ७ प्वाइन्ट
अमेरिकी मास्टर डिग्री : ८ प्वाइन्ट
विदेशी पीचडी : १० प्वाइन्ट
अमेरिकी पीएचडी : १३ प्वाइन्ट

अँग्रेजी भाषा योग्यता

६ देखि ७ को लाइनमा स्कोर : ६ प्वाइन्ट
८ को लाइनमा स्कोर : १० प्वाइन्ट
९ को लाइनमा स्कोर : ११ प्वाइन्ट
१० को लाइनमा स्कोर : १२ प्वाइन्ट


अन्य उपलब्धी

नोबल र अन्य त्यो स्तरका पुरस्कार: २५ प्वाइन्ट
ओलम्पिक मेडल वा अन्य अन्तर्राष्ट्रिय खेलमा पहिलो पुरस्कार : १५ प्वाइन्ट

जागिरको अफर

अमेरिकाको मध्यम आयभन्दा १५० प्रतिशतदेखि २०० प्रतिशतसम्म धेरै तलब तलब : ५ प्वाइन्ट

२०० प्रतिशतदेखि ३०० सम्म : ८ प्वाइन्ट

३०० प्रतिशतभन्दा माथि  : १३ प्वाइन्ट

(सन् २०१४ को तथ्यांक अनुशार अमेरिकाको मध्यम पारिवारिक आम्दानी ५१ हजार ९३९ डलर रहेको छ । )

लगानी

१३ लाख ५० हजार अमेरिकी डलर लगानी : ६ प्वाइन्ट
१८ लाख अमेरिकी डलर लगानी : १२ प्वाइन्ट

त्यस्तै ब्याचलरभन्दा माथिको डिग्री नगरेका र कामको अफर नपाएकाहरु आवेदनका लागि स्वत अयोग्य हुनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com