पोर्चुगलमा आवास संकटबाट नेपालीपनि प्रभावित, संकटविरुद्ध हजारौंको प्रदर्शन


प्रकाशित मिति : चैत्र १९, २०७९ आईतबार

cloudy sky with city

उच्च मुद्रास्फीतिले मानिसहरूलाई जीवनयापन गर्न अझ गाह्रो बनाएको समयमा भाडा र घरको मूल्य वृद्धिको विरोधमा शनिबार लिस्बन र पोर्चुगलका अन्य शहरहरूमा हजारौं मानिसहरू सडकमा उत्रिएका छन्।

पोर्चुगलमा ठूलो आवास संकट आएको र यो सामाजिक आपतकाल भएको प्रदर्शनकारीहरुले बताएका छन् । पोर्चुगल पश्चिमी युरोपको सबैभन्दा गरिब देशहरू मध्ये एक हो । सरकारी तथ्याङ्कले ५० प्रतिशत भन्दा बढी कामदारहरूले गत वर्ष प्रति महिना १ हजार यूरो भन्दा कम कमाएको देखाउँछ। मासिक न्यूनतम ज्याला ७६० यूरो हो।

पर्यटकको आकर्षणको केन्द्र लिस्बनमा भाडा सन् २०१५ यता देखि ६५ प्रतिशतले बढेको छ । त्यस अवधिमा बिक्री मूल्य १३७ प्रतिशतले बढेको छ । गत वर्ष मात्रै भाडा ३७ प्रतिशतले बढेको छ, जुन बार्सिलोना वा पेरिसमा भन्दा बढी हो । यो अवस्था विशेष गरी युवाहरूको लागि कठिन छ।

लिस्बनमा एउटा बेडरूम फ्ल्याटको औसत भाडा करिब १,३५० युरो रहेको हाउसिङ पोर्टल इमोभर्चुअलले गरेको अध्ययनले देखाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोसलिष्ट सरकारले गत महिना एक आवास प्याकेज घोषणा गरेको थियो जसमा गोल्डेन भिसा योजना अन्त्य गरिएको थियो भने एयर बी एन बीका लागि नयाँ इजाजतपत्रहरू प्रतिबन्धित गरेको थियो । तर आलोचकहरूले छोटो अवधिमा मूल्यहरू घटाउन पर्याप्त नभएको बताएका छन्।

होम टु लिभ मुभमेन्ट र अन्य समूहहरूद्वारा आयोजित विरोध प्रदर्शनमा सहभागीहरुले मानिसहरूले काम गरिरहेको तर घरबारविहीन रहेको बताएका छन् । मानिसहरूलाई घर निकाला गरिएको छ किनभने तिनीहरूको घर छोटो अवधिको आवासमा परिणत भएको छ ।

कम ज्याला र उच्च भाडाले लिस्बनलाई बस्नको लागि संसारको तेस्रो कम बस्नयोग्य सहर बनाएको छ । पोर्चुगलको हालको ८ दशमलव २ प्रतिशत मुद्रास्फीति दरले समस्या बढाएको छ। लिस्बनको औसत तलब भन्दा बढी भएकाहरुले समेत फ्ल्याट भाडामा लिन नसक्ने अवस्था आएको छ । किनकि यो धेरै महँगो रहेको छ ।

पोर्चुगलको लिस्बन नगरमा आवासीय अनुमतिका साथ बसोबास गर्ने नेपालीहरुको संख्या झण्डै ९ हजार रहेको छ । गत वर्षको अन्त्यमा लिस्बन नगरमा १ लाख १८ हजार ९४७ विदेशी नागरिकको बसोबास रहेकोमा नेपालीहरु टपफाइभमा रहेका छन् । जारी आवास संकटबाट नेपालीहरु पनि प्रभावित भएका छन् ।

पोर्चुगलभर आवासीय अनुमतिका साथ कानुनी रूपमा बसोबास गर्ने नेपालीहरुको संख्या भने २३ हजार ४ सय ४१ रहेको सेफले जनाएको छ । नेपालीहरू पोर्चुगलका बस्ने टप टेन आप्रवासीहरुमा परेका छन् । नेपालीहरुले अब पोर्चुगलमा आवासीय अनुमतिका साथ बस्ने चिनियाहरुलाई उछिनेका छन् ।

अहिलेसम्म बसाईसराईका लागि पोर्चुगल आउने नेपालीहरुको संख्या भने ५० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । उनीहरुमध्ये कैयन आवासीय अनुमतिको प्रतिक्षामा छन् । तर कैयन नेपालीहरु आवासीय अनुमति वा पासपोर्ट प्राप्त गरिसकेपछि पोर्चुगलबाहिर समेत जाने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com