तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय
प्रकाशित मिति : चैत्र १८, २०७९ शनिबार

नेकपा एमाले सचिवालयको आज बसेको बैठकले चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।
नेकपा एमालेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले चितवन–२ मा रामप्रसाद न्यौपाने र तनहुँ–१ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको बताउनुभयो ।
तनहुँ–१ बाट उम्मेदवार बन्न लाग्नुभएका खनाल पूर्व प्रहरी महानिरीक्षक हुनुहुन्थ्यो भने चितवन–२ बाट उम्मेदवार बन्न लाग्नुभएको न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुनुहुन्छ ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले बारा–२ मा उम्मेदवारको टुङ्गो भोलि लगाइने र मिटर व्याज पीडितहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।