नयाँ अमेरिकी अध्यागमन विधयेकबारे जान्नैपर्ने नौ कुरा


प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार

बुधबार अमेरिकी सिनेटमा अध्यागमनबारेको एउटा महत्वपूर्ण विधयेक पेश गरिएको छ । जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेका छन् । उक्त विधयेकमा भएका नौं बुदा खसोखासका पाठकका लागि ।

-बर्षेनी ५० हजार आप्रवासी भित्राउने डिभी लोटरी बन्द गर्ने ।

-अमेरिकामा बर्षेनी आउने शरणार्थी संख्या ५० हजारको संख्यामा सिमित गर्ने ।

-राष्ट्रपतिले हरेक आर्थिक बर्षमा शरण पाएका शरणार्थीहरुको संख्या बताउने ।

-अमेरिकी नागरिकका दम्पत्ति र १८ बर्ष ननाघेका छोराछोरीका लागिमात्र ग्रिनकार्ड आवेदन दिन पाइने ।

-विधयेक पारित भएको आर्थिक बर्षको पहिलो दिनबाटै यो विधयेक लागु हुने ।

-रोजगारमा आधारित सम्पूर्ण श्रेणीहरुलाई रोजगारमा आधारित प्वाइन्ट सिस्टमले विस्थापित गर्ने, अर्थात् एक्स्ट्रा अर्डिनरी लगायतका ग्रिनकार्डका श्रेणी खारेज हुने ।

-भाषा, क्षमता, योग्यताका आधारमा ३० प्वाइन्ट पूरा गर्नेमध्ये बर्षेनी १ लाख ४० हजारसम्मलाई ग्रिनकार्ड प्रदान गर्न सकिने ।

-प्वाइन्टका आधारमा ग्रिनकार्ड पाउने व्यक्ति संघीय सुविधाका लागि पाँचबर्षसम्म योग्य नहुने ।

-कसैको स्पोन्सरमा अमेरिका आएको व्यक्तिले अमेरिकाआएको पाँचबर्षभित्र कुनै संघीय सुविधा लिएमा स्पोन्सर गर्नेबाट त्यो रकम असुलउपर गर्ने, असुल नभए त्यस्तो व्यक्तिलाई अमेरिकी नागरिकता नदिइने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com