डिभी लोटरी बन्द गर्ने विधयेकमा ट्रम्पको औपचारिक समर्थन (भिडियो समेत )


प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार

डिभी लोटरी बन्द गर्ने विधयेकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनेटमा औपचारिक समर्थन गरेका छन् । बुधबार नयाँ विधयेक सार्वजनिक गर्ने क्रममा सिनेटरहरु टम कटन र डेभिड पर्डयुसँगै देखिएका ट्रम्पले सो विधयेकको औपचारिक समर्थन गरेका हुन् । हरेक बर्ष विश्वभरबाट ५० हजार आप्रवासीहरु डिभी लोटरीमार्फत अमेरिका आउने गरेका छन् ।

हाल हरेक बर्ष झण्डै १० लाख विदेशीहरुले अमेरिकी ग्रिनकार्ड प्राप्त गर्दै आएकोमा त्यसलाई आधा कम गर्ने नीति सहितको यो विधयेक सिनेटरहरु टम कटन र डेभिड पर्डयुले गत अप्रिलमा सार्वजनिक गरेकै विधयेकको परिस्कृत रुप हो । यो विधयेकले ट्रम्पको चुनावी अभियानमा बताउदै आएजस्तो पाँच दशकमा अमेरिकामा बढेका आप्रवासीहरुले अमेरिकन कामदारको रोजगारको अवशरमा बाधा पुर्याएको विषयलाई प्रतिनिधित्व गरेको छ । यो विधयेक पारित भएमा अमेरिकी अध्यागमको एक शताब्दीकै इतिहासमा उल्लेख्य सुधार हुने ट्रम्पले बताएका छन् । सिनेटरहरुले घेरिएको रुजभेल्ट रुममा बोल्दै ट्रम्पले यो प्रस्ताव असाध्यै महत्वपूर्ण रहेको बताएका छन् ।

यो विधयेक पारित भएमा आधा शताब्दीदेखिको अमेरिकी आप्रवासी नीतिकै उल्लेख्य परिवर्तन हुने जनाइएको छ । झण्डै आधा शताब्दीदेखि अमेरिकामा आप्रवासीहरु अमेरिकामा आएर कानुनी रुपमा बसोबास गर्ने क्रम बढ्दो छ । रिपब्लिकनको झिनो बहुमत रहेको सिनेटमा यो विधयेक पारित नै हुने ग्यारेन्टी नभएपनि पारित हुने सम्भावना भने उच्च रहेको छ । हालको सिनेटमा रिपब्लिकन सांसद ५२ जना, डेमोक्रेटिक सांसद ४६ जना र २ जना स्वतन्त्र रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिनेटरहरु टम कटन र डेभिड पर्डयुसँग विधयेकबारे छलफल गर्न ट्रम्पले दुईपटक भेटिसकेका छन् । अमेरिकन इमिग्रेशन फर स्ट्रोंग इम्प्लोइमेन्ट नाम दिइएको यो विधयेकमा डिभी लोटरी बन्द गर्ने, पारिवारिक आधारमा दिइने ग्रिनकार्ड घटाउने, अमेरिकी नागरिकता प्राप्त व्यक्तिका २१ बर्ष नाघेका छोराछोरी र दाजुभाई दिदीबहिनीहरुका लागि दिइने ग्रिनकार्ड बन्द गर्ने, बर्षको १ लाख ४० हजार ग्रिनकार्ड भाषा, दक्षता, शिक्षा लगायतका विषयमा योग्यहरुलाई प्वाइन्ट सिस्टमका आधारमा उपलब्ध गराउने लगायतका विषयहरु समेटिएका छन् ।

त्यो बाहेक विधयेकमा बार्षिक ५० हजार भन्दा धेरै शरणार्थीहरु अमेरिकामा नभित्राउने लगायतका विषयहरु पनि समेटिएका छन् ।

अहिलेसम्म ५० हजार नेपालीलाई डिभी

अमेरिकाको सरकारी श्रोत अनुशार डिभी लोटरी कार्यक्रम सुरु भएदेखि अहिलेसम्म झण्डै ५० हजार नेपालीहरुलाई डिभी लोटरी परिसकेको छ । अमेरिकी सरकारको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार सन् २००२ देखि सन् २०१७ सम्मको डिभी लोटरी कार्यक्रम अन्तरगत डिभी लोटरी पार्ने नेपालीहरुको संख्या ४७ हजार ५ सय ९२ रहेको छ ।

इतिहास हेर्दा सन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डिभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा डिभी चिठ्ठा परेका जम्मा १५ सय ४५ नेपाली अमेरिका आएका थिए ।

त्यसैगरी सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो ।

त्यस्तै सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डिभी चिठ्ठामा ४ हजार ९ सय ९१ जना छनौट भएका थिए । तर उनीहरुमध्ये हजारौं नेपालीहरु भने अमेरिका आउन पाएनन् । सन् २०१६ का लागि भरिएको डिभी चिठ्ठामा ३८ सय १ जना नेपाली छनौट भएका थिए भने चालु आर्थिक बर्ष २०१७ का लागि ४ हजार नेपालीहरुले डिभी लोटरी पारेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com