जरिवानाबाट बच्न ड्राइभरहरूले न्युयोर्क सिटीमा फायर हाइड्रन्टबाट कति टाढा पार्क गर्नुपर्छ ?


प्रकाशित मिति : चैत्र १२, २०७९ आईतबार

bicycle near fire hydrant

न्युयोर्क शहरमा पार्किङ स्थल फेला पार्नु निकै झन्झटिलो रहेको छ । यताउता घुमेपछि कहिलेकाहीं फायर हाइड्रन्ट नजिकै पार्किङ मात्र विकल्प जस्तो लाग्न सक्छ । तर फायर हाइड्रन्ट नजिकै पार्किङ गर्दा सावधानी अपनाउन जरुरी हुन्छ ।

न्यूयोर्क शहरमा फायर हाइड्रन्ट नजिकैको पार्किङको लागि ११५ डलरको जरिवाना हुन्छ । तर निश्चित दुरीभित्र पार्क गरेकाहरुलेमात्र यस्तो टिकट पाउँछन् ।
न्युयोर्क शहर यातायात ट्राफिक नियमहरू अनुशार फायर हाइड्रन्टको दुबै छेउको १५ फिट भित्र पार्क गरिएका सवारीहरूलाई ११५ डलर जरिवानाको टिकट दिइन्छ ।

फायर हाइड्रन्टको धेरै नजिक पार्किङले आगो निभाउने प्रयास गर्ने अग्नि नियन्त्रकहरूको प्रयासलाई बाधा पुर्‍याउन सक्छ। यदि तपाईं धेरै नजिक पार्क गर्नुभएको छ भने फायर फाइटरहरूले हाइड्रन्टमा नली जडान गर्न तपाईंको कारको झ्यालहरू तोड्न आवश्यक पर्नसक्छ ।

भारी जरिवाना र सम्भावित वाहन क्षतिबाट बच्नको लागि चालकहरूले आफ्नो कार र फायर हाइड्रन्ट बीचको दूरी मापन गर्न आफ्नो कारमा मापन टेप राख्नु उचित हुन्छ ।

a fire hydrant spraying water on a city street

कम्तिमा १५ फिट टाढा पार्क गर्दा पनि फायर हाइड्रन्ट नजिकै पार्किङको लागि ड्राइभरले टिकट पाएको अवस्थामा, फोटो र कागजातहरू पेश गरेर टिकट खारेज गराउन सकिन्छ । न्युयोर्क शहरका पार्किङ टिकटहरू खारेज गराउन मोबाइल एप, हुलाक वा व्यक्तिगत रूपमा अनुरोध गर्न सकिन्छ ।

थप जरिवाना लगाउनबाट बच्नको लागि टिकट जारी मितिको ३० दिन भित्र पार्किङ टिकट डिस्प्युट गर्नुपर्छ। अनलाइनमा डिपार्टमेन्ट अफ फाइनान्सको वेबसाइटमा गएर आफ्नो इमेल ठेगाना हालेर डिस्प्युट गर्न सकिन्छ । पार्किङ टिकटमा रहेको १० अङ्कको नम्बर हालेर अनलाइन सुनुवाइ अनुरोध फारम भर्नुपर्छ । र प्रमाणहरु पनि पेश गर्नुपर्छ । ४५ दिनभित्र अनलाइन सुनुवाई गरेर त्यसको नजिता इमेलमा पठाइन्छ ।

एन्ड्रोइड र एप्पल उपकरणहरूमा उपलब्ध एनवाईसी पार्किङ टिकट भुक्तानी वा डिस्प्युट मोबाइल एप डाउनलोड गरेर पनि डिस्प्युट गर्न सकिन्छ । हुलाकबाट डिस्प्युट गर्नका लागि सबै कागजातसहितको अनुरोध न्युयोर्क सिटीको डिपार्टमेन्ट अफ फाइनान्समा पठाउनुपर्छ । व्यक्तिगत रुपमा डिपार्टमेन्ट अफ फाइनान्सको विजनेश सेन्टरमा गएर पनि डिस्प्युट गर्न सकिन्छ । त्यसका लागि वाक इन वा अनलाइन अप्वाइन्टमेन्टको व्यवस्था रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com