बसन्त कुँवरलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय
प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार

सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कँवरलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो ।
एआईजीमा बढुवा भएको एक सातामै कुँवर आईजीपी बनेका छन्। धिरजप्रताप सिंह आजैदेखि बिदा हुने भएपछि कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी बनेका हुन्।
गत असारमा डीआईजीमा पहिलो नम्बरमा बढुवा गरसँगै उनी आईजीपीको प्रमुख दाबेदार बनेका थिए। सरकारले गतसाता पहिलो नम्बरमा नै एआईजीमा पनि बढुवा गरेको थियो। शनिबारदेखि प्रहरी नेतृत्व सम्हाल्ने कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नेछन्।