कोशी विरोधी आन्दोलनका घाइते लिम्बुको मृत्यु


प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार

प्रदेशको नाम ‘कोशी’ राखिएको विरोधमा प्रहरीको कुटाईबाट घाइते पदम लिम्बुको निधन भएको छ ।

कोशी प्रदेश खारेजको आन्दोलनमा चैत ५ गते विराटनगरमा प्रहरीको हवाई फायर, अश्रु ग्यास प्रहार र निर्मम कुटपिटबाट गम्भीर घाइते भएका पदम लिम्बूको उपचारका क्रममा आज बिहान निधन भएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार क्रममा निधन भएको अभियन्ता आङकाजी शेर्पाले जानकारी दिए ।

माग पूरा नभएसम्म उनको शव नबुझ्ने भएका छन् । त्यस्तै, प्रहरीको पिटाइबाट पदम लिम्बूको मृत्युको विरोधमा आज साँझ ५ बजे विरोध सभा गर्ने भएका छन् ।

संयुक्त संघर्ष समितिको आज बसेको जुम बैठकले भोलि विहान १ देखि २ बजेसम्म चक्काजाम कार्यक्रम तय गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com