चलचित्र निर्माता प्रदीप सरकारको निधन, बलिउड शोकमा


प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार

चलचित्र निर्माता प्रदीप सरकारको निधन भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार शुक्रबार अपराह्न ४ बजे उनको अन्तिम संस्कार गरिने छ ।

उहाँ ६७ वर्षका हुनुहुन्थ्यो र लामो समयदेखि मृगौलाको समस्याबाट पीडित हुनुहुन्थ्यो ।

फिल्म निर्देशक हंसल मेहताले ट्विट गर्दै प्रदीप सरकारको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अभिनेता अजय देवगनले पनि श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, ‘प्रदीप सरकार, हामीमध्ये कसैलाई ‘दादाको निधन’को खबर पत्याउन गाह्रो हुन्छ । उहाँको परिवारमा मेरो गहिरो समवेदना।

प्रदिप सरकार परिणिता, मर्दानी, लगा चुनरी मे दाग र हेलिकप्टर ईला जस्ता चलचित्र निर्देशनका लागि परिचित छन् । उनलाई उत्कृष्ट कला निर्देशकको लागि फिल्मफेयर पुरस्कारबाट पनि सम्मानित गरिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com