युक्रेन युद्ध : रुसी रकेट आक्रमणमा एक जनाको मृत्यु, तीन घाइते


प्रकाशित मिति : फाल्गुन ३०, २०७९ मंगलबार

युक्रेनी अधिकारीहरुका अनुसार रुसले पूर्वी सहर क्रामाटोर्स्कमा रकेट आक्रमण गरेको छ । आक्रमणमा एक जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना घाइते भएका छन् ।

यस हमलामा छवटा आवासीय भवनमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्। यो सहर बखमुटको उत्तरपश्चिम क्षेत्रमा छ।

बखमुटमा लामो समयदेखि चर्को युद्ध चलिरहेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बाख्मुत र देशको पूर्वी भागको अवस्था “पीडादायी र कठिन” भएको बताएका छन्।

बेलायतको मिलिटरी इन्टेलिजेन्सले आफ्नो हालैको मूल्याङ्कनमा रुसी सेनासँग गोला बारुदको अभावका कारण यस क्षेत्रमा खासै सफलता नपाएको बताएको थियो । उनीहरुले राशन पनि कम पाउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com