विमान खसाल्न विषाक्त ग्याँस या बम प्रयोग गर्ने तयारी थियो– अष्ट्रेलियाली मिडिया


प्रकाशित मिति : श्रावण १६, २०७४ सोमबार

सिड्नी, १६ साउन । अष्ट्रेलियाको एक विमानलाई उडिसकेपछि खसाल्नेगरी बनाइएको भनिएको आतङ्कवादी योजनाका दोषीले उक्त विमानलाई विषाक्त ग्याँस वा बम पड्काएर खसाल्ने योजना बनाएको बताएका छन् ।
उक्त बम अपहरणगरी खसाल्ने योजना बनाएका उनीहरुसँगको बयानमा प्रहरीले उक्त तथ्य पत्ता लागेको जनाएको छ । त्यसमा संलग्न भएको आशङ्कामा सिड्नी क्षेत्रबाट कैयौँलाई पक्राउ गरेको छ ।

आइतबार बिहान प्रहरीले चार जनालाई गिरफ्तार गरेको जनाएको थियो । उनीहरुले यसरी विमान खसाल्ने योजना बनाएको तथ्य खुलेको प्रहरीलाई उद्धृतगर्दै अष्ट्रेलियाली पत्रिकाले सोमबार जनाएका छन् ।

यस विषयमा अनुुसन्धान सुरु गरिएको र अनुसन्धानकर्ताले उक्त हमलाको तयारीमा विस्फोटक सामग्रीको प्रयोग गर्ने योजना बनाइएको थाहा भएको बताएका थिए ।

पक्राउ परेकामध्येका दुइजना लेबनानी मूलका अष्ट्रेलियन नागरिक हुन् । उनीहरुका बुबा अष्ट्रेलियाली र आमा लेबनानी रहेका छन् । पक्राउ परेका मध्येका दुई जनाले सो खुलासा गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त आतङ्कवादी हमलाको योजना प्रहरीले आइतबार बिहानै असफल बनाएको जनाएपछि अष्ट्रेलियाका सबै विमानस्थलमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

अष्ट्रेलियाको प्रहरीले विस्फोटक सामाग्रीको प्रयोग गरी विमानलाई खसाल्न लागिएको सूचनाका आधारमा गरिएको खोजीमा उक्त खतरनाक योजनाको पर्दाफास भएको जनाएको थियो । सोमबार पनि यहाँको सरक्षा व्यवस्था निकै नै कडा पारिएको जनाएको छ ।

अष्ट्रेलियाली सरकारले आतङ्कवाद विरोधी कारबाही अन्तर्गत सो योजना विफल बनाउन प्रहरी सफल भएको भन्दै अब विमानस्थलमा सुरक्षा व्यवस्था निकै कडा बनाइने हिजो नै बताएको थियो ।

भारी हातहतियारले सुसज्जित प्रहरी र अष्ट्रेलियाको घरेलु गुप्तचर निकायका सदस्यहरुले सिड्नीका विभिन्न ठाउँमा छापा मारेर कैयौं व्यक्ति पक्राउ गरेका छन् । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन ।

अष्ट्रेलियाको राजधानी सिड्नीबाट प्राप्त समाचारहरुमा सिड्नी सहर र यहाँका विमानस्थलमा थप सुरक्षाकर्मी बढाइएको छ । सरकारले यात्रुहरुलाई धैर्य धारण गर्न र हतास नभई यात्रा गर्न आग्रह गर्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com