अमेरिकाको ओक्लाहोमामा पाँचबर्ष यताकै ठूलो भूकम्प, सातवटा राज्यमा कम्प


प्रकाशित मिति : भाद्र १८, २०७३ शनिबार

 

अमेरिकाको ओक्लाहोमामा पाँचबर्ष यताकै ठूलो भूकम्प गएको छ । शनिबार विहान ओक्लाहोमाको पौनी नजिकै ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको युस जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्प विहान ७ बजेर २ मिनेटमा गएको थियो ।

भूकम्पबाट इटाले बनाएका कैयन भवनहरुमा क्षति पुगेको जनाइएको छ । तर कुनै मानवीय क्षति भने भएको छैन । भूकम्पको झड्का टेक्सासदेखि नेब्रास्कासम्म अनुभव गरिएको थियो ।

सन् २०११ को नोभेम्बर ५ मा ओक्लाहोमामा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Screen Shot 2016-09-03 at 9.42.21 AM

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com