अमेरिकाको नयाँ ग्रिनकार्ड आवेदन मोबाइलबाटै


प्रकाशित मिति : श्रावण १५, २०७४ आईतबार

अमेरिकाको पूरानो ग्रिनकार्ड हुनेहरुले नयाँ विशेषतासहितको ग्रिनकार्ड प्राप्त गर्नका लागि मोबाइलबाटै आवेदन दिनसक्ने भएका छन् । पूरानो ग्रिनकार्डको अवधि सकिएमा रिन्यु गर्न वा हराएमा अर्को पाउनका लागि पनि मोबाइलबाटै आवेदन दिन सकिने भएको छ । यसअगाडि अनलाइनबाट ग्रिनकार्डको नविकरण वा पुनस्थापना गर्न अनलाइनबाटै सकिने व्यवस्था भएपनि मोबाइलबाट भने आवेदन दिन सकिने व्यवस्था थिएन ।

अब पूरानो ग्रिनकार्ड हुनेहरुले रिन्यु गर्न वा अर्को प्राप्त गर्न वकिल वा आधिकारिक प्रतिनिधिको पनि सहायता लिनु नपर्ने भएको छ । आवेदकले आफै आवश्यक कागजातहरु मोबाइलबाट अपलोड गर्न सक्नेछन् । मोबाइलबाट फोटो खिचेर त्यस्ता कागजातहरु सजिलै अपलोडगर्न सकिनेछ । तर त्यसका लागि अनलाइन एकाउन्ट भने बनाउनु अनिवार्य छ ।

अनलाइनबाट नयाँ डिजाइनको ग्रिनकार्ड फाइल गर्न चाहनेहरुले टिप्सहरु पढ्न यहाँ क्लिक गर्नुहोला । 

अनलाइनबाट नयाँ ग्रिनकार्ड प्राप्त गर्न यहाँ क्लिक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाले गत मे १ देखि लागुहुने गरी नयाँ डिजाइनको ग्रिनकार्ड जारी गर्न थालेको हो। ग्रिनकार्डका साथमा वर्क परमिट पनि नयाँ डिजाइनको रहेको छ । नेक्स्ट जेनेरेशन सेक्युअर आइडेन्टिफिकेशन डकुमेन्ट प्रोजेक्ट अन्तरगत ग्रिनकार्ड र वर्क परमिटको रिडिजाइन गरिएको युएससीआईएसले जनाएको छ ।

नयाँ कार्डमा ग्राफिक्स समुन्नत बनाइएको छ भने फ्रडबाट बचाउने केही नयाँ विशेषताहरु छन् । कागजपत्रको दुरुपयोग र धोकाधडीबाट बचाउने विशेषताहरु थपिएको कार्ड आकर्षक छ ।

नयाँ जारी गरिने ग्रिनकार्ड र वर्क परमिटमा दुबैतर्फ फोटो छ । ग्रिनकार्डको पृष्ठभूमीमा स्ट्याचु अफ लिबर्टी र निलो रंग छ भने वर्क परमिटमा चिल र रातो रंग छ । नयाँ कार्डमा होलोग्राफिक चित्रलाई इम्बेड गरिएको छ भने कार्डमा कार्डवाहक व्यक्तिको हस्ताक्षर राखिएको छैन । त्यस्तै ग्रिनकार्डमा पनि पछाडिपट्टी अप्टिकल स्ट्राइप राखिएको छैन । नयाँ डिजाइनसहितको ग्रिनकार्ड हराएमा वा चोरी भएमा पनि दुरुपयोग हुनसक्ने सम्भावना कम भएको युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com