Follow @khasokhasmag

अमेरिका निवासी साहित्यकार गीता खत्रीको तीजको म्युजिक भिडियोमा मेलिना मानन्धर


प्रकाशित मिति : भाद्र १८, २०७३ शनिबार

 

अमेरिका निवासी साहित्यकार गीता खत्रीको तीजको गीतको म्युजिक भिडियो बजारमा आएको छ । गीता खत्रीले लेख्नुभएको तीजको गीत ‘आयो लौ तीज’ को म्युजिक भिडियो आरएस फिल्मस् प्रालिले बजारमा ल्याएको हो । गीता खत्रीको शब्द रहेको गीतमा बिन्दु परियारको स्वर रहेको छ भने अडियो, भिडियो दुबै आरएस फिल्मस् प्रालिले बजारमा ल्याएको हो । म्युजिक भिडियोमा पुजा लामा, मेलिना मानन्धर, नम्रता योगी लगायतका कलाकारको अभिनय रहेको छ । पुर्नम राईले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन राजु केसीले गरेका हुन् ।

तपाई पनि हेर्नुहोस् भिडियो

 

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com