लिस्बनमा बस्ने आप्रवासीमा नेपाली टपफाइभ, आवासीय अनुमतिका साथ बस्ने नेपाली ८८७५


प्रकाशित मिति : फाल्गुन १६, २०७९ मंगलबार

पोर्चुगलको लिस्बनमा आवासीय अनुमतिका साथ बसोबास गर्ने नेपालीहरुको संख्या ८ हजार ८ सय ७५ रहेको पोर्चुगल अध्यागमन र सीमा सेवा सेफले खुलासा गरेको छ । लिस्बनमा विदेशी बासिन्दाहरूको बारेमा छलफल गर्नको लागि बैठकले सहरमा कति देशका नागरिकहरुको मुख्य बसोबास रहेको छ भन्ने खुलासा गरेको छ ।

विदेशी र सीमा सेवाका राष्ट्रिय अधिकारीहरुले लिस्बन सिटी काउन्सिलका काउन्सिलरहरू फिलिपा रोजेटा , सोफिया एथेडे र एन्जेलो परेरा र सँग भेटेका हुन् । बैठकमा नागरिकहरूको बसाइको सन्दर्भमा सेफको नियन्त्रण र पर्यवेक्षणको अधिकारको दायरा, लिस्बनको नगर क्षेत्रमा बसोबास गर्ने विदेशी जनसंख्याको तथ्याङ्कीय जानकारीको आदानप्रदान र संयुक्त कार्यको लागि रणनीतिहरूबारे छलफल भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस बैठकपछि सेफले आफ्नो फेसबुक पेजमा गत वर्षको अन्त्यमा लिस्बन नगरमा १ लाख १८ हजार ९४७ विदेशी नागरिकको बसोबास रहेकोमा ब्राजिलका २२ हजार ०८०, इटालीका ९ हजार ३९१, फ्रान्सका ९ हजार ०३३, नेपालका ८ हजार ८७५ र बंगलादेशका ८ हजार ४८६ जना आवासीय अनुमतिपत्रसहित बसोबास गरिरहेको खुलासा गरेको हो । सेफका अनुशार आवासीय अनुमतिपत्रका साथ बस्ने नेपालीहरु लिस्बनमा टपफाइभमा रहेका छन् ।

पोर्चुगलभर आवासीय अनुमतिका साथ बस्ने नेपाली २३ हजार ४ सय ४१

पोर्चुगलभर आवासीय अनुमतिका साथ कानुनी रूपमा बसोबास गर्ने नेपालीहरुको संख्या भने २३ हजार ४ सय ४१ रहेको सेफले जनाएको छ । नेपालीहरू पोर्चुगलका बस्ने टप टेन आप्रवासीहरुमा परेका छन् । नेपालीहरुले अब पोर्चुगलमा आवासीय अनुमतिका साथ बस्ने चिनियाहरुलाई उछिनेका छन् ।

सेफका अनुसार पोर्चुगलमा आवासीय अनुमतिका साथ बसोबास गर्ने मुख्य विदेशी समुदायहरूमा ब्राजिलका २ लाख ३३ हजार १३८, युनाइटेड किंगडमका ३६ हजार ६३९, केप भर्डेका ३५ हजार ७४४, भारतका ३४ हजार २३२, इटालीका ३३ हजार ७०७, अंगोलाका ३० हजार ४१७, फ्रान्सका २७ हजार ६१४, युक्रेनका २६ हजार ८९८, रोमानियाका २३ हजार ९६७ र नेपालका २३ हजार ४४१ रहेका छन् ।

अहिलेसम्म बसाईसराईका लागि पोर्चुगल आउने नेपालीहरुको संख्या भने ५० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । उनीहरुमध्ये कैयन आवासीय अनुमतिको प्रतिक्षामा छन् । तर कैयन नेपालीहरु आवासीय अनुमति वा पासपोर्ट प्राप्त गरिसकेपछि पोर्चुगलबाहिर समेत जाने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com