आज न्युयोर्क सिटीमा यो हिउँदको सबैभन्दा ठूलो हिमपात हुने


प्रकाशित मिति : फाल्गुन १५, २०७९ सोमबार

woman in brown jacket standing beside road

यस पटकको हिउँदमा न्युयोर्क सिटीमा मापन गर्न मिल्ने हिमपात भएको छैन । तर सोमबारदेखि मंगलबारसम्म आँधी आउने क्रममा यस क्षेत्रमा हिउँ सोहोर्न बेल्चाहरु आवश्यक पर्न सक्छ।

हिम आँधीले उत्तरपूर्वमा आफ्नो कदम चालेको छ भने न्युयोर्क सिटीका क्षेत्रका केही भागहरूमा धेरै इन्च हिउँ खस्ने खतरा रहेको छ। मौषम पूर्वानुमानकर्ताहरूका अनुशार अपस्टेट न्युयोर्क र न्यू इङ्गल्याण्डका केही भागहरूमा सबैभन्दा भारी हिमपातको । त्यस्तै न्युयोर्क सिटीभित्र यो हिउँदमा अहिलेसम्मको सबैभन्दा ठूलो हिमपात हुने भविष्यवाणी गरिएको छ।

आज साँझ न्युयोर्क सिटीका पाँचवटै बरोमा साँझ ६ बजेपछि वर्षा सुरु हुने अपेक्षा गरिएको छ । न्युयोर्क सिटीको पश्चिमी उपनगरहरूमा केही घण्टा अघि वर्षा हुन थाल्नेछ । चिसो तापक्रमको साथ वर्षाको सुरुमा हिउँ र बाढीको मिश्रण हुन सक्ने तर अधिक दक्षिणी स्थानहरूमा पनि मिश्रित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

आँधीले घाम लाग्नु अघि मंगलबार बिहानसम्म हिउँ, हिमपात र वर्षाको मिश्रण ल्याउने सम्भावना छ। जाडोको वर्षा रातभर जारी रहने सम्भावना भएकाले यात्रुहरूले मंगलबार बिहानको यात्रामा बाटो चिप्लो हुनसक्ने अवस्थाहरूको लागि सतर्क रहनुपर्छ। भारी हिउँको अपेक्षा गरिएको उत्तरीभागमा मंगलबार दिनभर यात्रामा समस्या हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

woman standing on street

न्युयोर्क सिटी आपतकालीन व्यवस्थापनले एक अलर्ट जारी गरेर सिटीमा बेलुका ६ बजेदेखि ८ बजेसम्म हिमपातको अनुमान गरेको भने सोमबार बेलुका ६ बजेदेखि मंगलबार दिउसो १ बजेसम्मका लागि अलर्ट जारी गरेको छ । प्रत्येक घण्टा १ इन्चसम्म हिमपातको अनुमान गर्दै यात्रामा सावधानी अपनाउन भनेको छ । न्युयोर्क सिटीभित्र ४ इन्चसम्म हिमपात हुने न्युयोर्क सिटी आपतकालीन व्यवस्थापनले जनाएको छ । ब्रोंक्स र उत्तरी म्यानहट्टनमा ५ इन्चसम्म हिमपात हुनसक्छ ।

आँधीले उत्पादन गर्ने हिउँको मात्रा यस क्षेत्रमा फरक फरक हुनेछ।  न्युयोर्क सिटी मेट्रो क्षेत्रबाट एक घण्टा ड्राइभको आसपासमा पनि परिणाम धेरै फरक फरक देखिन सक्छ। सामान्यतया सेन्ट्रल पार्क र म्यानहट्टनमा १ देखि ३ इन्च हिउँ र स्लिट जम्मा हुने अपेक्षा गरिएको छ । जबकी उत्तरीक्षेत्रमा भारी र दक्षिणी क्षेत्रमा कम हिमपात हुनेछ ।

न्युयोर्क सिटी क्षेत्रमा सबैभन्दा बढी हिमपात उत्तरमा केन्द्रित हुने सम्भावना छ। तल्लो हडसन उपत्यका र कनेक्टिकट किनारमा स्थानहरू, जस्तै न्युयोर्कको व्हाइट प्लेन्स र कनेक्टिकटको न्यु हेभेनमा केही इन्च हिमपातको आशा गर्न सकिन्छ । जबकि क्याटस्किल र उत्तरपश्चिमी कनेक्टिकटमा आधा फिट भन्दा बढी हिमपातको सम्भावना छ ।

यसपटकको हिउँदमा न्युयोर्क सिटी मेट्रो क्षेत्रको लागी हिउँको अभाव भएको छ। सिटीमा सन् २०२२ को मार्च ९ देखि सन् २०२३ को जनवरी ३१ समम हिउँ खडेरी भयो । अर्थात् न्युयोर्क सिटीका ३२८ दिन मापन गर्न सकिने हिमपातविहिन भएका थिए ।

फेब्रुअरी १ ​​मा न्यूयोर्क शहरमा जम्मा हुने हिउँ रेकर्ड गर्दा त्यो हिउँ खडेरी आधिकारिक रूपमा सहरको इतिहासमा दोस्रो सबैभन्दा लामो थियो । जुन २०१९ देखि २०२० सम्मको हिउदको ३३२ दिनको अवधिभन्दा केही कम मात्रै भयो।

फेब्रुअरी २६ सम्म यस हिउँदमा सेन्ट्रल पार्कमा शुन्य दशमलव ४ इन्च मात्र हिउँ परेको छ, जुन फेब्रुअरीको अन्त्यसम्मको शहरको ऐतिहासिक औसत २४ दशमलव ४ इन्च भन्दा धेरै पछाडि छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com