अझै चुनौती बन्दै बालविवाह


प्रकाशित मिति : फाल्गुन १५, २०७९ सोमबार

बागलुङमा बालविवाह अझै चुनौतीकैरुपमा रहेको छ । यहाँका कतिपय पालिकामा बालविवाह कम रहे पनि कतिपयमा चुनौती कायमै छ । बालमैत्री नगर घोषणाको अन्तिम तयारी भइरहेको गलकोट नगरपालिकामा बालविवाह चुनौतीका रुपमा छ । बालमैत्री नगरपालिका घोषणाका लागि तयारी गरिरहेको बागलुङ नगरपालिकाले पनि बालविवाहको चुनौती पार लाउन सकेको छैन ।

गलकोटले अधिकांश सूचक पूरा भइसक्दा पनि बालविवाह भने रोक्न नसकिएको जनाएको हो । केही स्थानमा बालविवाह भइरहेकाले घोषणामा समस्या भएको पालिकाले जनाएको छ । बालमैत्री नगर बनाउन ५१ सूचक पूरा गर्नुपर्छ । गलकोटमा झण्डै ५० सूचक पूरा भइसकेका छन् । छिटफुटरुपमा बाललविवाह भएकाले घोषणामा समस्या आएको नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटाले बताउनुभयो । तीन वर्षअघिदेखि सुरु भएको यो अभियानमा बालविवाह बाधक बनेको हो ।

“छिटफुट बालविवाह देखिएको छ, त्यो समस्या पनि समाधान गरेर छिटै बालमैत्री नगर घोषणा गर्छौं”, नगरप्रमुख भरत शर्मा गैरेले भन्नुभयो, “बीस वर्षको उमेर हदले केही समस्या बनाएको छ ।” पारिवारिकरुपमा सहमत भएका वा केही भागी विवाहमा २० वर्ष उमेर नपुग्दै भएको देखिँदा यो अभियानमा असर परेको उहाँले बताउनुभयो ।

बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासनले तोकेका ५१ मध्ये १२ शिक्षा र १३ वटा सूचक स्वास्थ्य क्षेत्रबाट पूरा गर्नुपर्ने व्यवस्था छ । समुदाय तहले पूरा गर्नुपर्ने सूचकमध्ये बालविवाह अन्त्य गर्नुपर्ने भन्ने उल्लेख छ । विभिन्न समुदायको समस्याले नगरको अभियानमा असर परेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तथ्याङ्कगतरुपमा उल्लेख्य रेकर्ड भने नभेटिएको सापकोटाको भनाइ छ । “बालविवाह उल्लेख्य भने छैन, छिटफुट बालविवाह भेटिएका छन्”, सापकोटाले भन्नुभयोे, “ती पनि १८ देखि १९ वर्षमा भएको देखियो ।” जति गर्दा पनि १९ देखि २० वर्षसम्मको उमेरलाई विवाह रोक्न कठिन हुने उहाँले बताउनुभयो । शिक्षा शाखाले विद्यालय तहमा पनि अनुगमन गरिरहेको छ । विद्यालयमा त्यस्तो समस्या नभएको, पढाइ छुटेका तथा एसइईपछि विवाह भएका देखिएको उहाँले बताउनुभयो ।

जनप्रतिनिधिले पनि यो विषय अनुगमन गरिरहेको बताएका छन् । “हामीले सबै सूचक पार गर्न सक्छौँ, विवाहको उमेरमा जबर्जस्ती गर्न नसकिने रहेछ”, गलकोट वडा नं ३ का अध्यक्ष फमबहादुर खत्रीले भन्नुभयो, “कतिपय विवाह फिर्ता भएका छन्, तर पनि रोक्न कठिन रहेछ ।” उमेर नपुगेको विवाह रोक्न खोजेपछि कतिपय सानैमा गर्भवती भइसकेकोसमेत भेटिएको उहाँले बताउनुभयो ।

गलकोट वडा नं ७ का अध्यक्ष राजबहादुर थापाले पनि दलित समुदायमा बढी समस्या देखिएको बताउनुभयो । “घरघरमा अभियान चलाउँदा पनि पूर्ण रोक लगाउन कठिन भएको छ”, उहाँले भन्नुभयो, “सूचकहरु ५० वटा राख्ने हो भने सबै पूरा भएका छन् ।” वडा तहमा घोषणा गरेर नगरस्तरीय घोषणाको तयारी भइरहेको हो । केही वडामा भने बालविवाह नभएको भेटिएको हो । ती वडामा सहजै घोषणा गर्न सकिने अवस्था भइसकेको गैरेले जानकारी दिनुभयो ।

“वडावडाबाट घोषणा गर्दै नगरको घोषणामा आइपुग्छौँ”, गलकोटका नगर प्रमुख गैरेले भन्नुभयो, “यो हाम्रो नगरको गौरवको योजना पनि हो ।” बालमैत्री घोषणा गर्दा नगरपालिकालाई हेर्ने दृष्टिकोणसमेत सकारात्मक बन्ने उहाँले बताउनुभयो । वडा तहमा अनुशिक्षणका दर्जनौँ कार्यक्रम भइरहेका छन् ।

बागलुङ नगरपालिका जिल्लाकै सुगम र सबैभन्दा धेरै शिक्षित नागरिक भएको नगरपालिका हो । बागलुङका १४ वटै वडामा बालविवाह रोकियो भनेर घोषणा गर्नसक्ने अवस्था छैन् । परिवारको मिलिमतोमै बालविवाह हुने गरेको बताइन्छ । परिवारको मिलेमतो नभएका उमेर नपुगी हुने प्रेम विवाह मात्रै बाहिर आउने गरेको स्थानीय भरत पौडेलले बताउनुभयो ।

जिल्लाको तमानखोला गाउँपालिकाले बालविवाह रोक्नका लागि पाँच वर्ष पहिलेदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको छ । यहाँ कैयौँ बालविवाह न्यायिक समितिले बदर गरेको छ । तमानखोलामा बालविवाह गर्नेलाई मात्रै होइन त्यस्तो विवाहको ञभोज खानेलाई समेत कारवाहीको चेतावनी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com