पछि युरोपका अन्य देशमा बस्न पाइने आशामा अहिले पनि युक्रेन छिर्दै नेपाली, दूतावासको चेतावनी


प्रकाशित मिति : फाल्गुन १२, २०७९ शुक्रबार

पहिले युक्रेनमा प्रवेश गरेर त्यहाँबाट युरोपका अन्य देशमा पलायन हुने मनाशायले अहिले पनि नेपालीहरु युद्धग्रस्त मुलक युक्रेनमा जाने गरेको पाइएको भन्दै जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासले ध्यानाकर्षण गरेको छ । जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासले युक्रेन मामिलासमेत हेर्दै आएको छ ।

नेपाली दूतावासबाट जारी विज्ञप्तीमा यस्तो विषम परिस्थीतिमा पनि विभिन्न प्रलोभनमा परी वा स्वेच्छाले युक्रेनको यस्तो जटिल अवस्थाबाट फाइदा लिई युरोपका अन्य मुलुकमा प्रवेश गरी पलायन हुने मनाशायका साथ अझ पनि केही नेपालीहरु गैर कानूनीरुपमा युक्रेन प्रवेश गरिराखेको बुझिएको उल्लेख छ । सन् २०२३ को जनवरीको तेश्रो सातादेखि युक्रेनसँग सिमा जोडिएका मुलुकहरुले युक्रेनमा रहेका नेपाल लगायतका मुलुकबाट उनीहरुका देशमा प्रवेश गर्नखोज्ने भिसा जारी नगर्ने निर्णय गरेको जानकारी प्राप्त भएको भन्दै दूतावासले अहिले गैरकानूनी रुपमा युक्रेन नजान नेपालीहरुलाई सचेत गराएको छ ।

‘युक्रेनमा हाल अन्तर्राष्ट्रिय उडान समेत स्थगित भएको सन्दर्भमा यस राजदूतावासबाट यात्रा अनुमति जारी भइ त्यहाँबाट बहिर्गमन हुनसक्ने अवस्था पनि नभएकोले कुनैपनि नेपाली नागरिकले कसैको प्रलोभनमा परी वा स्वेच्छाले कुनै पनि माध्यमबाट युक्रेन प्रवेश नगर्न यस राजदूतावास सबैलाई अनुरोध गर्दछ,’ दूतावासले विज्ञप्तिमार्फत भनेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तो अवस्थामा पनि यो सूचनालाई वेवास्ता गरी गैर कानूनी रुपमा युक्रेन प्रवेश गरेमा त्यसबाट उत्पन्न हुने असहज परिस्थितिका लागि सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने दूतावासले जनाएको छ ।

विगत १ वर्षदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको सन्दर्भमा युक्रेनमा रहेका ६ सयभन्दा बढी नेपालीलाई नेपाली दूतावास बर्लिन, नेपाली दूतावास मस्को, गैरआवासीय नेपाली संघ तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाको समन्वयमा उद्धार गरिएको थियो ।

पोल्याण्ड युक्रेन सिमाक्षेत्र

युद्ध चर्किएपछि युक्रेनमा रहेका आप्रवासीहरुलाई सिमा जोडिएका छिमेकी मुलुकहरूले मानवीयताको हिसाबले सुरक्षित रहन प्रवेश दिएका थिए। तीमध्ये कतिपय नेपाल फर्किएका थिए भने केही नेपालीहरू पोल्याण्ड, पोर्चुगललगायतका मुलकमा बसेका थिए। अहिले पनि नेपालीहरु पछि युरोपका अन्य देशमा गएर बस्न पाइने आशामा गैर कानूनी रुपमा युक्रेन छिरिरहेका छन् । तर अहिले भने युक्रेनबाट बाहिर जान युरोपका देशहरुले भिसा दिन बन्द गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com