न्युयोर्कमा इमिग्रेशन छापामा ३५ देशका ११४ पक्राउ (विस्तृत विवरण)


प्रकाशित मिति : श्रावण १३, २०७४ शुक्रबार

अध्यागमन कारवाहीमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले न्युयोर्क सिटीबाट ११४ जना कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गरेको जनाएको छ । जुलाईमा  आइसले न्युयोर्कसिटीमा ११ दिने अपरेशन संचालन गरेको थियो । आइसले अपरेशनका क्रममा ११४ जना पक्राउ गरेकोमा ९९ जना सिटीमा नै बस्नेहरु रहेको जनाएको छ । म्यानहटनमा ३६ जना, क्वीन्समा ३२ जना, बु्रकलिनमा १५ जना र ब्रोंक्समा ११ जनालाई पक्राउ गरेको आइसले जनाएको छ ।

आइसको यो छापालाई न्युयोर्क इमिग्रेशन कोलिसनकी निर्देशक अनु जोशीले ट्रम्पको अमानवीय अध्यागमन नीति कार्यान्वयनको स्पष्ट उदाहरण भएको बताएकी छिन् । आइसले भने अध्यागमनका फरारहरु, गैरकानुनी रुपमा पुन अमेरिका छिरेकाहरु र फरार रहेका अपराधीहरुलाई निशाना बनाएको जनाएको छ । यो ११ दिने आइसको अपरेशन ट्रम्पले कार्यभार सम्हालेपछि सम्भवत सबैभन्दा ठूलो अपरेशन हुनसक्ने जनाइएको छ ।

यो पक्राउ आइसले यो महिना गरेको दोश्रो ठूलो घोषणा हो । न्युयोर्कमा भन्दा धेरै टेक्सासमा १२३ जना आप्रवासीहरुलाई आइसले यसैमहिना नियन्त्रणमा लिएको थियो । जुलाइ २१ मा आइसले जारी गरेको वक्तब्यमा साउथ र सेन्ट्रल टेक्सासमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

न्युयोर्कमा पक्राउ परेकाहरुमध्ये १०४ जना पुरुष र १० जना महिलाहरु रहेका छन् । उनीहरुमा १ जना अफगानिस्तान, १ जना अल्जेरिया, २ जना बंगालादेश, १ जना बार्बादोष, ३ जना चीन, ३ जना कोलम्बिया, १ जना कोस्टारिका, १५ जना डोमेनिकन रिपब्लिक, १६ जना इक्वेडर, १ जना इजिप्ट, ६ जना एल साल्भाडोर, १ जना गाम्बिया, १ जना जर्जिया, १ जना ग्रेनाडा, ५ जना ग्वाटेमाला, १ जना गायना, ५ जना हैटी, ४ जना होण्डुरस, १ जना इन्डिया, १ जना इन्डोनेशिया, १ जना इजरायल, १ जना आइभरी कोष्ट, ८ जना जमैका, १ जना जोर्डन, २१ जना मेक्सिको, १ जना मोन्टेनेग्रो, १ जना नाइजर, १ जना पाकिस्तान, १ जना पोल्याण्ड, १ जना रोमानिया, १ जना स्पेन, १ जना साउथ कोरिया, ३ जना ट्रिनिडाड, १ जना टर्की र १ जना बेलायतका नागरिक रहेका छन् । उनीहरुमध्ये सबैभन्दा धेरै १७ जना मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोग लागेकाहरु छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com