बाइडेनलाई भेटेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्की: ‘नतिजा छिट्टै देखिनेछ’


प्रकाशित मिति : फाल्गुन ८, २०७९ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले साझा वक्तव्य जारी गरेका छन् । यस विज्ञप्तिमा जेलेन्स्कीले यो ‘ऐतिहासिक लडाइँ’ ‘लोकतान्त्रिक संसार’ले जित्ने बताएका छन्।

फोटो: एडम शुल्ट्ज/ह्वाइट हाउस

बाइडेनको उपस्थितिमा जेलेन्स्कीले टेलिभिजनमा जारी संयुक्त वक्तव्यमा भने, “यो अमेरिका र युक्रेनको सम्बन्धको सम्पूर्ण इतिहासमा सबैभन्दा महत्त्वपूर्ण भ्रमण हो। यसले हामीले पहिले नै हासिल गरेका नतिजाहरूको बारेमा बताउँछ। आजको वार्ता निकै सफल भयो ।”

आधिकारिक ह्वाइट हाउस फोटो: एडम शुल्ट्ज

जेलेन्स्कीले भने, “यो भ्रमणको नतिजा देखिनेछ। यो भेटको प्रभाव रणभूमिमा पर्नेछ । युक्रेनलाई अब्राम ट्याङ्क दिने अमेरिकी निर्णयले युक्रेनी सेनालाई बलियो बनाएको छ । म र अमेरिकी राष्ट्रपतिबीच लामो दूरीका हतियारबारे पनि छलफल भएको छ ।”

फोटो: एडम शुल्ट्ज/ह्वाइट हाउस

युक्रेनी राष्ट्रपतिले थप भने, “मलाई थाहा छ कि युक्रेनलाई सहयोग गर्न निकै महत्त्वपूर्ण प्याकेज प्राप्त हुनेछ।” यसको स्पष्ट अर्थ रुसी आक्रामकताको लागि अब कुनै ठाउँ रहनेछैन। उनले भने, “श्रीमान राष्ट्रपति युक्रेन तपाईप्रति आभारी छ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com