टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार


प्रकाशित मिति : फाल्गुन ५, २०७९ शुक्रबार

टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् । टर्कीका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको टर्कीका एक मन्त्रीले शुक्रबार बताउनुभएको हो ।

टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा गएको ७.८ म्याग्निच्यूडको भूकम्पको २६० घण्टापछि १४ वर्षीय उस्मानलाई उद्धार गरिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ट्वीटरमा जानकारी गराउनुभएको छ ।

उहाँले तेह्र बर्षीय उस्मानलाई उद्धारपछि स्ट्रेचरमा बोकिरहेको भिडियो पनि पोस्ट गर्नुभएको छ ।

उहाँको हताय प्रान्तको अन्ताक्यास्थित अस्पतालमा उपचार भइरहेको छ । उद्धारकर्ताले भग्नावशेषमा आवाज सुनेपछि उस्मानलाई फेला पारेको सरकारी समाचार एजेन्सी अनादोलुले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उद्धारकर्मीले बिहीबार नै अन्ताक्यामा २६ र ३३ वर्षका अन्य दुई जनालाई उद्धार गरेको कोकाले बताउनुभयो ।

एघारौँँ दिनमा उद्धार गरिएका २६ वर्षीय मेहमत अली साकिरोग्लु र ३३ वर्षीय मुस्तफा अव्सीलाई उस्मानलाई उद्धार गरिएकै स्थानको भवनको भग्नावशेषबाट उद्धार गरिएको डीएचए समाचार एजेन्सीले जनाएको छ ।

“म ठीक छु, मलाई कुनै समस्या छैन,” कोकाले सार्वजनिक गरेको भिडियोमा प्रियजनलाई कल गर्ने क्रममा अब्सीले भन्नुभयो ।

अव्सीले आफ्नो उद्धारपछि आफ्नी आमाको अवस्थाबारे सोध्नुभएको थियो । भिडियोमा उहाँले ‘मेरी आमा र अरूलाई कस्तो छरु’ भनी सोधेपछि कसैले ‘तिनीहरू सबै ठीक छन्, तिनीहरू तपाईंको प्रतिक्षामा छन्’ भनिएको देख्न सकिन्छ । प्रतिक्रियापछि अब्सीको अनुहारमा राहतको छोटो मुस्कान देखिएको छ ।

भूकम्पका कारण टर्की र सिरियामा ४१ हजारभन्दा बढी को मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् भने लाखौं मानिस चिसो तापक्रममा आश्रयविहीन भएका छन् ।

भूकम्पको धक्का टर्कीका ११ प्रान्तमा महशुस गरिएको थियो । टर्कीका अधिकारीहरूले अदाना, किलिस र सानलियुर्फा प्रान्तमा उद्धार कार्य पूरा भएको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com