फ्याक्ट चेक: के नेपालमा २०६ बर्षका तिब्बती भिक्षु गहिरो ध्यानमा फेला परेका हुन् ?


प्रकाशित मिति : फाल्गुन ४, २०७९ बिहीबार

हालै फेसबुक पेज र समूहहरूमा जनवरीमा नेपालमा गहिरो ध्यानको अवस्थामा २०६ वर्षीय तिब्बती भिक्षु फेला परेको भन्दै तस्बिरहरू शेयर गरियो । जुन सत्य नभएको पुष्टी भएको छ । बरु ती भिक्षु थाइल्याण्डका एक बौद्ध गुरु रहेको र उनको सन् २०१७ मा ९२ बर्षको उमेरमा निधन भएको थियो ।

फेसबुकमा शेयर गरिएको एउटा पोष्टमा जनवरी २६, २०२३ मा नेपालको पहाडको गुफामा भेटिएका तिब्बती भिक्षुलाई अहिले २०६ वर्षको उमेरमा विश्वको सबैभन्दा वृद्ध व्यक्ति मानिने उल्लेख गरिएको थियो । उनी ‘ताकाटेट भनिने गहिरो ध्यानको अवस्थामा फेला परेका उक्त पोष्टमा उल्लेख थियो ।

यदि ध्यान गर्नेले यस ध्यानको अवस्थालाई निरन्तरता दिएका बुद्ध बन्न सक्ने भन्दै डा केर्जिनको भन्ने व्यक्तिलाई उक्त पोष्टमा उद्दृत गरिएको थियो । पुरातत्वविद्हरूले पहिले उनी पुरानो शव भएको सोचेका र पछि उनी जीवित भएको संकेतहरु भेटिएको उक्त पोष्टमा उल्लेख गरिएको छ । तर फ्याक्ट चेक गर्दा उक्त पोष्टमा उल्लेखित विवरण गलत भएको पुष्टी भएको छ ।

उक्त पोष्टमा भिक्षुको तस्बिरहरूको दुई संस्करणहरू संलग्न छन् । जसमा पुरुषहरूले बोकेको अवस्थामा भिक्षु मुस्कुराएको देखिन्छ। वास्तवममा तस्वीरमा देखिएका व्यक्ति भिक्षु लुआंग फोर पियान थिए, जो थाइल्याण्डका एक प्रसिद्ध बौद्ध गुरु थिए । उनको सन् २०१७ मा नै निधन भइसकेको छ ।

यो तस्वीरसहित सामाजिक सञ्जालमा कम्तिमा ७० वटा गलत पोष्टहरु गरिएका छन् । जसमा १७ हजारभन्दा धेरै लाइक र कमेन्टहरु छन् । २ बर्ष अगाडि पनि नेपालमा २०१ बर्षका भिक्षु भेटिएको भन्दै यही फोटो सामाजिक सञ्जालहरुमा पोष्ट गरिएको थियो । यो पोष्ट अहिले केही नेपाली फेसबुक पेजहरुमा पनि देखिएको छ ।

फोटोहरू मूल रूपमा एसियावायरमा अपलोड गरिएको थियो । ती फोटोहरु पियानको मृत्यु भएको दुई महिना पछि खिचिएको थियो। उहाँका अनुयायीहरूले उहाँको लुगा फेर्न उहाँको शरीर निकालेका थिए ।

केही पोष्टहरूमा मणिवालाय उलागा शब्द उल्लेख थियो । जसको अर्थ फिलिपिनो भाषामा विश्वास गर्नेहरू मूर्ख छन् भनेर अनुवाद गरिएको छ। यसले संकेत गर्छ कि केहिले मजाकको रूपमा फोटो पोष्ट गरेका थिए । यद्यपि केही पोष्टहरूमा भ्रम फैलाउनका लागि उक्त वाक्य हटाइएको थियो ।

यो फोटो यस अगाडि पनि फेसबुकमा शेयर हुदै आएको थियो । जसको फ्याक्ट चेक एसियानेट न्यूजले २०२० मा, बुम फ्याक्ट चेकन्युजमिटरले २०२१ मा, न्युजचेकले २०२२ मा गरेका थिए । उनीहरुले यो तस्वीरका बारेमा फैलाइएका अफवाहहरु खारेज गरिदिएका थिए ।

विश्वको सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सेली लुसिल रान्डनको ११८ वर्षको उमेरमा गत जनवरीमा मृत्यु भएको एक हप्तापछि पनि यो तस्बिर सामाजिक सञ्जालमा देखा परेको थियो । अमेरिकामा जन्मेकी स्पेनी महिला मारिया ब्रान्यास मोरेरा अहिले विश्वका सबैभन्दा जेठी जीवित व्यक्ति हुन्, उनको उमेर ११५ वर्ष छ । यसअघि विश्वको सबैभन्दा लामो समय बाँच्ने व्यक्ति १२२ वर्ष पुगेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com