कैदीबन्दीले बनाएका ह्स्तकलाका सामग्री,मनै लोभ्याउने बुट्टा


प्रकाशित मिति : फाल्गुन ४, २०७९ बिहीबार

afF;af6 pTkflbt ;fdu|L /fdk’/ -kfNkf_, $ kmfu’g . /fdk’/df rn]sf] dxf]T;jdf afF;af6 pTkflbt ;fdu|L vl/b ub}{ u|fxsx? . oxfF kfNkf sf/fuf/sf s}bLaGbLn] pTkfbg u/]sf ;fdu|L 3/]n’ tyf ;fgf pBf]u sfof{no kfNkfsf] k|f]T;fxgdf :6n Jofj;foLn] laqmL ljt/0f ul//x]sf 5g . tl:a/ M ;’zLnf /]UdL÷/f;;

–सुशीला रेग्मी/ घरेलु उत्पादन भनेपछि ग्राहकले खोजी–खोजी सामग्री खरिद गर्छन् । ग्राहकको आकर्षण बढाउन हातले अनेकौँ स्वरुप र बुट्टा भरेर तयार पारिएका सामग्रीमै धेरै आकर्षित हुन्छन् । नयाँ स्वरुप दिएर तयार पारिएका सामग्री देखेपछि आकर्षक मान्दै ग्राहकले खरिद गर्दछन् ।

ग्राहकको मनै लोभ्याउने बुट्टा भरेर बनाइएका सामग्री आवश्यकता परिपूर्तिका लागि मात्र नभई घर तथा कोठा सजावट गर्न घरेलु सामग्रीमै ग्राहक लोभिन्छन् । पाल्पाको रामपुरमा हाल सञ्चालित व्यापार मेलामा हस्तकलाका सामग्रीप्रति ग्राहकको आकर्षण बढेको छ । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा दैनिक हस्तकलाका सामग्री खरिद गर्ने तथा अवलोकन गर्नेको भीड देखिन्छ ।

बजारमा झट्ट उपलब्ध नहुने भएकाले ग्राहकले मेलामा आफूले खोजेको सामग्री पाइएपछि उत्साहित हुँदै खरिद गर्ने गरेको रामपुरका स्थानीय व्यापारी मणि भट्टराईले बताउनुभयो । “घरेलु उत्पादन भनेपछि ग्राहकले हेर्ने नजर बेग्लैछ, हिजोआज घरेलु उत्पादन कम हँुदै गएको छ, यहाँ रोजी रोजी सामग्री लिन पाइएको छ, यसमै ग्राहकलाई सन्तुष्टि मिलेको छ”, उहाँले भन्नुभयो ।

कलात्मक स्वरुप दिएर घरेलु सामग्रीबाट उत्पादन भएका सामग्री ग्राहकको रोजाइमा परेका छन् । पाल्पा कारागारमा रहेका कैदीबन्दीले उत्पादन गरेका हस्तकलाका सामग्री मेला अवलोकन गर्न पुगेका दर्शकले आकर्षक मान्दै सामग्री खरिद गर्ने गरेका छन् । घरेलु उत्पादन, कारागारका कैदीबन्दीको मेहनत र परिश्रमलाई प्रोत्साहन गर्दै मेलामा पुगेका व्यक्तिले सामग्री किनमेल गरेर फर्कने गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यहाँ मुढा, ढँकिया, नाम्लो, नाङ्लो, ठेकीलगायत सामग्री बिक्रीका लागि राखिएका छन् । कारागारका कैदीबन्दीले उत्पादन गरेको सामग्री घरेलु तथा साना उद्योग कार्यालयमार्फत प्रोत्साहन गर्दै व्यवसायी बालकृष्ण अर्यालले सामग्री खरिद गरी मेलामा बिक्री गर्नुभएको छ । कार्यालयले कक्षको व्यवस्था गरेपछि धेरै सजिलो भएको व्यवसायी अर्याल बताउनुहुन्छ ।

पाल्पाको तानसेनस्थित सुजन जनरल स्टोर्सका सञ्चालकसमेत रहनुभएका अर्यालले कारागारमा कैदीबन्दीले उत्पादन गरेका हस्तकलाका सामग्री मेला महोत्सव तथा पसलबाटै बिक्री गर्दै आउनुभएको छ । यहाँको मेलामा घरेलु उत्पादनका सामग्री भएकाले टिकाउ र गुणस्तरीय, हेर्दै आकर्षक रहेको हुँदा राम्रै व्यापार भइरहेको अर्याल बताउनुहुन्छ ।

“घरेलु सामग्रीको महत्व बुझ्नेले खोजी खोजी किनेर लैजाने गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “मेलामा दैनिकजसो व्यापार बढ्दै गएको छ, बजारमा पछिल्लो समय घरेलु उत्पादन कम पाइने भएकाले पनि मेलामा आउने व्यक्तिले घर सजावट तथा दैनिक प्रयोगका लागि सामग्री खरिद गरिरहनुभएको छ ।”

मेलामा प्रति मुढा न्यूनतम रु तीन सय ५० देखि रु सात सयसम्म, नाङ्लो रु दुई सय ५० देखि रु तीन सयसम्म, जुटको नाम्लो रु एक सय, ठेकी रु आठ सय, मादल रु दुई हजार पाँच सय र बेतको ढँकिया रु एक सय मूल्य कायम गरिएको छ । मेला सुरु अवधिदेखि नै हस्तकलाका सामग्रीमा ग्राहकको आकर्षण बढिरहेको छ । हस्तकलाका सामग्री गुरुङ, मगर, राई, लिम्बू समुदायको बसोबास भएका क्षेत्रमा धेरै खपत हुने गरेको व्यवसायी अर्यालको अनुभव छ ।

कोभिड–१९ भन्दा अघि पाल्पामा उत्पादन भएको हस्कलाका सामग्री चीनमा समेत निर्यात गरिँदै आएकामा कोरोना महामारीमा सामग्री खपत हुन छाडेको उहाँले बताउनुभयो । एक वर्षमा कारागारमा रहेका कैदीबन्दीबाट तयार भएका विभिन्न सामग्री गरी रु २० लाख बराबरको सामग्री खरिद गरी अन्यत्र बिक्री वितरण भइरहेको अर्यालले जानकारी दिनुभयो । उहाँको तानसेनस्थित पसलमा हस्तकलाका सबैजसो सामग्री, सिलौटो, खैजडी, गिटार, मादललगायत वाद्यवादनका सामग्री उपलब्ध छन् ।

करिब तीन दशकदेखि तानसेनमा हस्तकलाका सामग्रीको व्यापार गर्दै आउनुभएका अर्यालले गाउँघरमा पाइने विभिन्न सामग्री प्रयोग गरी हातले तयार पारेका सामग्री खोज्ने ग्राहक पछिल्लो समय बढ्दै गएको बताउनुहुन्छ । कारागारमा रहेका करिब तीन सय ५० कैदीबन्दीले ती सामग्री उत्पादन गरेका हुन् । लुम्बिनी प्रदेशका सबै जिल्लासहित अन्य जिल्लामा पनि सामग्री खपत भइरहेको छ । हाल यहाँको मेलामा नाम्लो ग्राहकको मागअनुसार पु¥याउन सकिएको छैन ।

स्थानीय सामग्रीबाट उत्पादन भएका सामग्रीलाई प्रवद्र्धन गर्दै उत्पादन बढाएर आयस्रोत वृद्धि गर्ने गरी कार्यालयले मेलामा कक्षका लागि व्यवसायीलाई प्रोत्साहनस्वरुप सहयोग गरेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत देवीराम भण्डारी बताउनुहुन्छ । स्थानीय उत्पादनमा कार्यालयले जोड दिँदै खरिद बिक्रीमा व्यवसायीलाई प्रोत्साहन दिँदैआएको उहाँको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com