६ जनावरहरू जसले अमेरिकाका ६ सिटीमा मेयरको कार्यभार सम्हाले


प्रकाशित मिति : श्रावण २१, २०८० आईतबार

राजनीतिज्ञहरूलाई प्राय विभाजनकारी व्यक्तित्वको रूपमा हेरिन्छ । तर वर्षौंको दौडानमा त्यहाँ केही जनावर उम्मेद्वारहरू छन् जसले निर्विरोध रुपमा सार्वजनिक समर्थन प्राप्त गरेका छन् ।

१८ वर्षभन्दा बढी समयदेखि अमेरिकाको अलास्काको तालकीतनाको सानो सहरमा अनौपचारिक रूपमा एउटा बिरालोले मेयरका रुपमा कार्य सम्हाल्यो । पहिलोपटक सन् १९९८ मा सत्तामा आएको स्टब्स बिरालोले शासन गरेको थियो। यद्यपि प्राविधिक रूपमा सहरको वास्तविक मेयर थिएन, अर्थात् स्टब्स कहिल्यै आधिकारिक रूपमा चुनावबाट निर्वाचित भएन ।

तर स्थानीयहरूले उसको नेतृत्वलाई व्यापक रूपमा अनुमोदन गरेका थिए । स्टब्सको कार्यालय स्थानीय सामान्य स्टोरमा अवस्थित थियो, जुन बिरालोका मालिकहरूद्वारा सञ्चालन गरिएको थियो। सन् २०१४ मा अलास्काको सिनेट चुनावमा पनि उम्मेदबारीका लागि ड्राफ्ट गरिएको थियो । २० वर्षको उमेरमा सन् २०१७ मा बिरालोको मृत्यु भयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्ले हेनरी एक बाख्रो थियो जो सन् १९८६ मा टेक्सासको लाजिटासको सानो सहरको मेयरमा निर्वाचित भयो । उ धेरै लोकप्रिय भयो, यद्यपि राजनीतिक विश्वासको लागि कम र बियर पिउने क्षमताको लागि धेरै चर्चा भयो । किनभने पर्यटकहरू बाख्राको भ्रमण गर्न टाढा टाढाबाट आउने गर्थे।

क्ले हेनरी सिनियरको १९९२ मा दुःखद निधन भयो । त्यसपछि शव प्रदर्शनमा राखिएको थियो ताकि आगन्तुकहरूले एक पटक उसलाई श्रद्धांजलि दिन सकून्। त्यसपछि उसका छोरा क्ले हेनरी जुनियरले केही समय पछि मेयरको पद ग्रहण गरेको थियो । त्यसपछि क्ले हेनरी तृतीयले गरेको थियो । यो सहर अहिले वर्तमान मेयर क्ले हेनरी चौथो द्वारा नेतृत्व गरिएको छ, जसको बियर पिउने क्षमताहरू हजुरबुबाको जस्तै प्रसिद्ध छ ।

जुलाई सन् २०१२ मा एउटा कुकुर क्याक्सले दुई तिहाई भोट ल्याएर क्यालिफोर्नियाको इडिलविल्डको मेयरको रूपमा कार्यभार सुरु गरेको थियो । त्यसपछिका दिनहरूमा म्याक्सलाई प्रायः शहरमा प्लेड नेकटाई र स्वर्ण पदक लगाएको देखिन्थ्यो । मेयर म्याक्सको पक्षमा डेपुटी मेयर मिकी र मित्जी थिए, उनीहरु दुवै कुकुरहरू थिए । यद्यपि म्याक्स प्रथमको सन् २०१३ मा निधन भएपछि म्याक्स दोश्रोलाई मेयरको पद दिइयो । हालको मेयर सप्ताहन्तमा आफ्नो आधिकारिक पिकअप ट्रकको पछाडि शहर वरिपरि यात्रा गर्दै गरेको तथा आफ्ना निर्वाचन क्षेत्रहरूमा भेट्न सकिन्छ।

बोस्को रामोस नामको कुकुरले क्यालिफोर्नियाको सुनोलको मेयर बन्न सन् १९८१ मा दुई जना मानिसलाई पराजित गरेको थियो । सन् १९९४ मा मृत्यु नहोउन्जेल उनी कार्यालयमा रह्यो । सन् २००८ मा उसको शालिक समेत अनावरण गरिएको थियो । बोस्को अमेरिकाको पहिलो कुकुर मेयरको रूपमा चिनिन्थ्यो । यो प्रजातन्त्र र स्वतन्त्रताको प्रतीक बन्यो । जसले सान फ्रान्सिस्कोमा चिनियाँ वाणिज्य दूतावास बाहिर १९८९ मा ३० घण्टाको प्रजातन्त्र समर्थक र्‍यालीमा भाग लिएको थियो ।

जिन्क्स नामको ठूला आँखा भएको कालो बिरालो अप्रिल २०२२ मा एक दिनको लागि हेल, मिशिगनको मेयर बन्यो । यस सहरले लामो समयदेखि मानिसहरूलाई मेयर बन्ने मौका दिएको छ तर जिन्क्स उक्त पद धारण गर्ने पहिलो बिरालो बनेर इतिहास रचेको थियो । जिन्क्स सायद यस सूचीमा रहेका कुनै पनि जनावर उम्मेद्वारहरूमध्ये सबैभन्दा लोकप्रिय हो, जसमा टिकटकमा ७ लाख भन्दा बढी फ्लोअर र इन्स्टाग्राममा ४ लाखभन्दा धेरै फ्लोअर छन् । दुर्भाग्यवश जिन्क्स लामो समयसम्म मेयर हुन पाएन । शहरसँगको सम्झौताको अंशको रूपमा एक दिनको अन्त्यमा महाभियोग लगाइएको थियो ।

सन् २०१९ मा फेयर हेभन, भर्मन्टको मेयरको रूपमा लिंकन बाख्राले पदभार ग्रहण गरेको थियो । बाख्राको मेयरशिप आधिकारिक बनाउन भुइँमा मसीको प्याड र कागजको टुक्रा राखेर खुट्टाको छाप लगाइएको थियो । यद्यपि लिंकनले कार्यालय छोडिसकेको छ । शहरमा पशु मेयरहरूको लाइन जारी छ। एल्सा बाख्रा २०२२ मा निर्वाचित भयो । जसमा एक ककुर र कुखुरा दोश्रो र तेश्रो भएका थिए ।

कार्यालयमा जनावरहरू चयन गर्नु एक आधुनिक घटना मात्र होइन। सन् १९३८ मा डेमोक्रेटिक मेयर केनेथ सिमन्सले वाशिंगटनको मिल्टन सहरमा बोस्टन कुर्तिस नामको खच्चरको उम्मेदबारी दर्ता गराए । मतदाताहरूलाई कुनै अतिरिक्त जानकारी उपलब्ध गराइएको थिएन । जब खच्चर ५१ भोटका साथ निर्वाचित भयो, त्यसपछि खच्चर भएको खुलासा भयो। डेमोक्रेटिक मेयरले बोस्टन कुर्टिसको उम्मेदवारीलाई एक मजाकको रूपमा प्रायोजित गरेका थिए । जसमा स्पष्ट रूपमा एउटा सन्देश थियो कि मतदाताहरूले कसलाई समर्थन गर्दैछन् कुरा थाहा छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com