एक हजारभन्दा बढी कुकुरको बन्ध्याकरण


प्रकाशित मिति : माघ २९, २०७९ आईतबार

विदुर नगरपालिकामार्फत नगरभित्रका एक हजार भन्दाबढी सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ । नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’मार्फत यही माघ १३ गतेदेखि सुरु भएको सामुदायिक (छाडा छोडिएका) र घरमा पालिएका समेत एक हजार एकसय ४५ कुकुरलाई बन्ध्याकरणसहित रेविजरोग विरुद्धको खोप लगाइएको हो ।

नगरप्रमुखर राजन श्रेष्ठका अनुसार सामुदायिक कुकुरले मानिस तथा पशुचौपायलाई टोकेर घाइते बनाउनाका साथै रेविज रोगको सङ्क्रमण बढाउने, ट्राफिक आवागमनमा असर पु-याउने र बालबालिकामा त्रास फैलाउने घटना बढेपछि नियन्त्रणका लागि बन्ध्याकरण र खोप कार्यक्रम चलाइएको हो ।

“नगरवासीको सुरक्षा एवं पशुको रक्षाका लागि सामुदायिक कुकुर नियन्त्रण गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।” उहाँले भन्नुभयो “अभियानका क्रममा घरपालुवा कुकुरकोसमेत बन्ध्याकरण गरिएको छ भने कुकुर पालनमा हेरचाह गर्न र छाडा नछोड्न सचेतनालगायत कार्यक्रम पनि गरिएको छ ।” उक्त अभियानमा पोथी कुकुरकोबन्ध्याकरण गरिएको र भाले कुकुरलाई रेविजरोग विरुद्धको खोप लगाइएको थियो । बन्ध्याकरण र खोप कार्यक्रम सञ्चालनका लागि बनेपास्थित नेपाल पशुकल्याण तथा अनुसन्धान केन्द्रले प्राविधिक सहयोग पु-याएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com