भिजिट भिसामा कामदार पठाउनेलाई कारबाही सिफारिस


प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार

– होम कार्की

भिजिट भिसामा विदेश कामदार पठाउने ट्राभल एजेन्सीलाई कारबाही गर्न श्रम मन्त्रालयले गृह मन्त्रालयलाई अनुरोध गरेको छ । राम्रो काम र आकर्षक तलब पाइने भन्दै कामदारसँग लाखांै असुल गरी संयुक्त अरब इमिरेट्स (यूएई) मा अवैध ढंगले पठाउने अर्थलाइन ट्राभल एजेन्सी र क्रोमोजो ट्राभल्सलाई कारबाही गर्न श्रमले अनुरोध गरेको हो ।

यी ट्राभल एजेन्सीले पठाएका मध्ये १९ जना यूएईमा अलपत्र परेका थिए । अर्थलाइनले पठाएका १४ जना मंगलबार राति नेपाल फर्किएका छन् । अर्थलाइनले ३ लाख ५० हजार रुपैयाँसम्म असुल गरी उनीहरूलाई यूएई पठाएको थियो ।

ट्राभल एजेन्सीबाट कामदार पठाउने कार्य गैरकानुनी भएको र मानव तस्करीभित्र पर्ने भन्दै यसको छानबिन गृहबाट हुनुपर्ने श्रमले जनाएको छ । अध्यागमन विभागले छानबिन गर्न भन्दै उनीहरूको राहदानी नियन्त्रणमा लिएको छ । पीडितले पनि ट्राभलविरुद्ध उजुरी दिने तयारी गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘चार साथीहरू ओभरस्टे भएको कारण जरिवाना नतिरेसम्म आउन पाउने छैनन्,’ पाख्रेवास–९, धनकुटाका २३ वर्षीय वीरेन्द्र घिसिङले कान्तिपुरलाई भने, ‘हामी १४ जनाको भिसा अवधि सकिनुअघि नै उद्धार भयो ।’ उद्धार हुनेमा वीरेन्द्र घिसिङ, कनार गुरुङ, मुकेश घले, तेजबहादुर गुरुङ, अर्जुन नेगी, राजकुमार श्रेष्ठ, चन्द्रबहादुर डाँगी, नेत्र राउत, सुरेन्द्रप्रकाश चन्द, पूर्णबहादुर पुन, पदमलाल वली, पूर्ण राजवंशी र जीवन घिसिङ छन् । कुलबहादुर केसी, लोकबहादुर डाँगी र विनोद नेपाली दुई महिनादेखि ओभरस्टे भएकाले स्वदेश फिर्न सकेका छैनन् । उनीहरूले ५ हजार दिराम यूएईको अध्यागमनलाई बुझाएपछि मात्रै नेपाल आउन पाउने उनीहरूले बताए ।

उनीहरूमध्ये अधिकांशलाई ‘लाइफगार्ड’ काममा २५ सय दिराम पाउने आश्वासन दिई यूएई पठाइएको थियो । ‘अर्थलाइनसँग सम्बन्ध रहेका साजन पाण्डे र धु्रव अधिकारीले हामीसँग एक हजार डलर लिए पनि काममा लगाउन सकेनन् । उल्टो हामीलाई मानसिक यातना दिने, पिट्ने काम भयो,’ झापाका पूर्ण राजवंशीले भने, ‘नेपालमा भन्दा यूएईमा धेरै दलाल रहेछन् । उनीहरू हामीलाई काममा लगाउनेभन्दा हाम्रो रकम लुट्न उद्यत देखिए । हामी डरै डरमा बस्न बाध्य भयौं ।’

सुनसरीका सुरेश चौधरीले भिजिट भिसा सोझासीधा नेपालीलाई लुट्ने हतियार भएको बताए । ‘भिजिट भिसा देखाएर राम्रो काम र तलब पाइन्छ भनेर ठग्ने काम भइरहेको रहेछ । हामीजस्ता धेरै नेपाली यसबाट लुटिएका छन्,’ उनले भने, ‘यस्तो भिसामा जानेहरू ठूलो ट्रयापमा पर्ने रहेछन् ।’ आफूहरू ठगिएको थाहा भएपछि पीडितहरूले साजन पाण्डे र ट्राभल एजेन्सीलाई कारबाही गर्न माग राख्दै नेपाली दूतावासमा उजुरी दिएका थिए । दूतावासले पाण्डेमाथि कारबाही नगरेकोप्रति उनीहरू आक्रोशित देखिएका छन् । ‘पाण्डेले स्वदेश फिर्ने बेला हामीलाई टिकट त दिए, क्षतिपूर्ति दिएनन् । दूतावासले त्यसरी मान्छे ल्याई अलपत्र बनाउनेलाई यूएईको नियमअनुसार कारबाही नगरेको देख्दा अचम्म लाग्यो,’ दाङका पदमलाल ओलीले भने ।

दूतावासले उनीहरूलाई ल्याउने साजन पाण्डेलाई दबाब दिई टिकट उपलब्ध गराई उद्धार गरेको बताएको छ । यूएईका लागि कार्यवाहक राजदूत नेत्रप्रसाद टन्डनले पीडक पाण्डेलाई कारबाही गर्दा पीडितहरूको उद्धार हुन कठिन हुने भएकाले कारबाही गर्न नसकिएको बताए । ‘पाण्डेलाई कारबाही गरे उनले ल्याएका नेपालीको बिचल्ली हुने र थप जटिलता हुने भएकाले कारबाही गर्न सकिँदैन,’ राजदूतको भनाइ उद्धृत गर्दै जनसम्पर्क समितिका अध्यक्ष खेमराज बस्नेतले भने, ‘दूतावाससँग पीडकलाई कारबाही गर्न बजेट छैन । हामी कारबाही गर्न सक्दैनौं ।’ पीडकलाई कारबाही नभएकोप्रति बस्नेतसहित यूएईमा रहेका राजनीतिक दलका भ्रातृ संगठनका प्रमुखहरू दूतावास पुगेका थिए ।

 भिजिट भिसामा गएर काम नपाई फर्केका १४ जना पीडितको समूह ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com