चोरिएका मनी अर्डर/चेक रिकभर नभएका आवेदन अमेरिकामा रहेको नेपाली दूतावासबाट प्रकृयामा


प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार

अमेरिकामा रहेको नेपाली दूतावासले गत डिसेम्बरमा टेक्सासमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएका मनी अर्डर र क्यासिएर चेक चोरी भएकोमा मनी अर्डर र क्यासियर चेक रिकभर नभएका आवेदन पनि प्रकृयामा लैजान सुरु गरेको छ । दूतावासले आज वक्तव्य जारी गरेर मनी अर्डर वा क्यासिएर चेक रद्ध गरी नयाँ बनाई पठाउन असमर्थ सेवाग्राहीका आवेदन पनि प्रकृयामा लैजान सुरु गरिएको जनाएको छ ।

मनी अर्डर वा क्यासिएर चेक रद्द गरेर नयाँ बनाई पठाउन विविध कारणले असमर्थ आवेदकहरुलाई के कसरी सेवा प्रदान गर्ने भन्ने सम्बन्धमा राजदूतावासबाट परराष्ट्र मन्त्रालयमा अनुरोध गरिएको थियो । त्यस्ता सेवाग्राहीहरुको लागि सेवा प्रदान गर्ने व्यवस्था मिलाउने भन्ने नेपाल सरकार मन्त्रिपरिषद्को मिति ६ फेब्रुअरि २०२३ को निर्णयानुसार सबै सेवाग्राहीहरुको आवेदन प्रकृयामा लैजान शुरु गरिसकिएको दुतावासले जनाएको छ। सम्बन्धित आवेदकहरुको नयाँ राहदानी प्राप्त हुनासाथ आवेदकहरुको ठेगानामा पठाइने दूतावासले जनाएको छ ।

डिसेम्बरमा टेक्सासमा सञ्चालित कन्सुलर सेवा शिविरहरुबाट सेवा लिएका कुल ९३६ सेवाग्राहीहरुमध्ये अहिलेसम्म ४३८ जनाबाट आ आफ्नो मनी अर्डर वा क्यासियर चेकहरु रद्ध गरी पठाएको नयाँ मनी अर्डर वा क्यासियर चेक प्राप्त भइसकेको दूतावासले जनाएको छ । उल्लेखित सेवाग्राहीहरुको निवेदन मनी अर्डर वा क्यासियर चेक प्राप्त हुनासाथ प्रकृयामा लगिएकोमा हालसम्म २४० जना सेवाग्राहीहरुको नयाँ राहदानी दूतावासमा प्राप्त भई सम्बन्धित आवेदकहरुको ठेगानामा पठाउन शुरु गरिसकिएको दूतावासले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मनी अर्डर र क्यासियर चेकहरु चोरी भएको घटनाको सम्बन्धमा ह्युस्टन प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । मनी अर्डर र क्यासियर चेकहरु रद्ध गरिसकेको तर दूतावासमा पठाउन बाँकी रहेका सेवाग्राहीहरुले नयाँ मनी अर्डर र क्यासियर चेकहरु बनाएर पठाउन, रद्ध गर्ने प्रक्रिया नै शुरु नगरेका सेवाग्राहीहरुले रद्ध गरेर नयाँ पठाई नेपाल सरकारको चोरीभएको राजस्व पुनः प्राप्त गरी सम्भावित क्षति सकेसम्म कम गर्ने दूतावासको प्रयासमा सक्दो सहयोग गर्न दूतावासले अनुरोध गरेको छ ।

रद्ध गर्ने क्रममा आफ्नो मनी अर्डर वा क्यासियर चेक अन्य कसैले गैरकानूनी रुपमा साटेको जानकारी प्राप्त भएमा सोको प्रमाण [email protected] मा जानकारी गराई प्रहरीको अनुसन्धान प्रक्रियामा सहयोग गर्न दूतावासले अनुरोध गरेको छ ।दूतावासको अनुरोधबमोजिम मनी अर्डर वा क्यासियर चेकहरु रद्ध गरी नयाँ बनाई राजदूतावासमा पठाउने, रद्ध गर्न प्रयास गर्ने, सो कार्यमा सहयोग गर्ने र हालसम्म सेवाको लागि धैर्यता राख्ने सेवाग्राीहरुमा दूतावासले आभार प्रकट गरेको छ ।

डिसेम्बरमा मनी अर्डर र क्यासिएर चेक चोरी भएपनि सेवाग्राहीहरुका संवेदनशील व्यक्तिगत सूचनाहरु सुरक्षित रहेको अमेरिकाको वासिंटन डिसीमा रहेको नेपाली दुतावासले जनाएको थियो । तर दूतावासले नयाँ मनी अर्डर वा क्यासिएर चेक प्राप्त नभएका आवेदनहरु प्रकृयामा लगेको थिएन ।
डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अष्टिन र ह्युस्टनमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएको झण्डै दुई लाख डलरको मनी अर्डर र क्यासिएर चेक चोरी भएको थियो ।

दूतावासका कर्मचारीहरु २२ डिसेम्बर बिहिबार ह्युस्टनबाट वासिंटन डिसीतर्फ जाने क्रममा पार्किङमा राखिएको गाडी स्थानीय समय अनुशार अपरान्ह १२ बजेर ३ मिनेटमा तोडफोड भइ लुटिएको थियो । त्यसपछि तत्काल प्रहरीलाई खबर गरिएको र कुटनीतिक सुरक्षा विभाग ह्युस्टन लगायतका निकायहरुमा उजुरी गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com