सुदूरपश्चिमका मुख्यमन्त्री रावलद्वारा राजीनामा
प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पदबाट राजीनामा दिनुभएको छ । प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा पत्र बुझाउनु भएको हो ।
आज बसेको प्रदेशसभाको बैठकमा रावलले विश्वासको मतका लागि पेस गरेको प्रस्ताव अस्वीकृत भएको थियो ।
यसैबीच आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । प्रदेश प्रमुख देवराज जोशीका प्रमुख स्वकीय सचिव अपिलाल जोशीले नेपाली काग्रेस ससदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्री नियुक्त गरिन लागिएको जानकारी दिनुभयो ।