नेपालको अस्थिर राजनितीमा विदेशी चासो बढ्दै


प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार

निर्वाचनपश्चात नयाँ सरकारको बनेको ४२ दिनमै पूनः सरकार अस्थिर अवस्थामा पुग्ने संकेत देखिएको छ । सरकारमा दलहरुबीचको सहमतिमा बनेको गठबन्धन सरकारबाट नेपालको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरीएसँगै नेपालमा राजनितिक अस्थिरताको सुरुवात हुने आँकलन सुरु भएको छ ।

५ वर्षे म्याण्डेड दिएर संसदमा पु¥याएका दलहरुको राजनितिक अस्थिरताको संकेतले आम जनतामा निराशा देखिएको छ । नेपाल राजनितिक रुपमा अस्थिरता तर्फ गइरहेको इतिहासलाई हालसम्म पनि बदल्न सकेको छैन । राजनितिक दलहरुको खिचातानीका कारण नयाँ सरकार बनेको ४२ दिनमै सत्ता गठबन्धनबाट रास्वपा बाहिरीएपछि नेपालको राजनिति थप अस्थिरतातर्फ धकेलिएको छ । यसले विदेशी शक्तिशाली देशहरुको ध्यान थप नेपाल तर्फ खिच्ने देखिएको हो । हुनत अस्थिरताका कारण नेपालमा छोटो समयमै सरकारहरु बदलिने गरेको निकै लामो समय भइसकेको छ ।

पछिल्लो समय नेपालमा प्रधानमन्त्री मात्र होइन राष्ट्रपति निर्वाचनको विषयलाई पनि निकै चासोका साथ छिमेकी मुलुकहरुले हेरिरहेको पाइन्छ । नेपालमा विदेशी हस्तक्षेप हुँदै आएको र त्यो हरेक वर्ष बढ्दै जाने गरेको इतिहास साक्षी छ । परराष्ट्रविद एवं पूर्व राजदुत डा. शम्भुराम सिम्खडाका अनुसार छिमेकी मुलुकहरु साच्चिकै विकसित र शक्तिशाली बन्दै गर्दा र नेपालको विचलित राजनितिक अवस्थाका कारण यो समस्या बढ्दै गएको छ । नेपालको हालको राजनितिक अवस्था निकै चाखलाख्दो भएको भन्दै डा. सिम्खडाले नेपालको भुराजनितिक स्थितिलाई नेपाल कता जान्छ र उनीहरुको सोचअनुसार हुन्छ या हुदैन भन्ने तर्फ छिमेकी मुलुकहरुको ध्यान नेपालतर्फ आएको बताए ।

डा. सिम्खडाका अनुसार नेपाल असंलग्न राष्ट्र भएपनि २०१४ बाट नजिक भएको इतिहासमा अहिले अमेरिकाले पनि नेपालमाथि आफ्नो अनुकुलता खोजिरहेको छ । हाल नेपाल आन्तरिक राजनितिक परिवर्तनको संघारमा हुँदा विश्वव्यापी विकासको तीव्र गतिमा हिडेका छिमेकी मुलकद्धोय र भारत दुबैले नेपाललाई आफ्नो अनुकुलतामा प्रयोग गर्न खोजेको उनले बताए । त्यसकारण नेपालजस्तो भूरणनितिक देशमा यी दुबै देशहरु महत्वपुर्ण उपस्थिती जनाउन चाहने र यस किसीमको समयमा आन्तरिक परिवर्तनलाई पनि व्यवस्थापन गर्ने र विदेशी शक्तिहरुलाई पनि सोही हिसाबले सञ्चालन गर्नतर्फ यो देशको राजनितिक नेतृत्वले सोच्न आवश्यक रहेको उनी बताउँछन् । अन्यथा नेपाल युक्रेन, बंलादेश जस्ता देशहरुको हालतमा पुग्ने उनले चेतावनी पनि दिएका छन् । नेपालको आन्तरिक विभाजित राजनितिक अवस्था छ ।

त्यस्तै वामपन्थी विश्लेषक, निर्मल भट्टराईले विदेशी शक्तिको बढावा दिने शक्ति तथा विदेशी, कुटनितिक शक्तिहरुलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक रहेको बताए । यसो गरेमा मात्र यो देशको आर्थिक सम्बद्धि र उन्नती हुने बताए । दुईटा छिमेकी देशहरुलाई समभावको हिसावमा मित्रता अगाडी बढाइराख्ने पनि उनको सुझाव छ । यसका साथै नेपालले कुनै पनि देशको झुकाव तथा विरुद्धमा नलाग्न पनि बताएका छन् । सरकार अस्थिर भइरहेको अवस्थामा मुलुकको सामाजिक र आर्थिक रुपान्तरण हुन सक्दैन, वैदेशिक हस्तक्षेप वृद्धि र प्रतिगमनमा खतरा उत्पन्न हुने छ ।

त्यसैले राजनितिक दलहरुले एकताबद्ध भएर सरकारलाई एकताबद्ध रुपमा अघि बढाउन सक्षम भई मुलुक रुपान्तरणका लागि सक्रिय हुनुपर्ने छ । नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सवै दलका नेतृत्वहरुको ध्यान जान जरुरी छ । यसका लागि सबै दलहरुको साझा समर्थनमा स्थीर सरकार बनाउनतर्फ लाग्नुपर्ने छ । नेपालको आन्तरिक मामिलामा चरम हस्तक्षेप भैरहेको, नेपालको राष्ट्रिय स्वाधिनतामाथि चरम संकट पैदा भैरहेको अहिलेको अवस्थामा नया सरकारको अस्थिरता निकै संवेदनशील विषय बनेको छ । यसका लागि नेपालको सम्पुर्ण राजनीतिक पार्टीका नेताहरु सरकार वा सत्ताको लोभ भन्दा माथि उठ्न आवश्यक छ ।-एबिसिबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com