अमेरिकामा ग्रिनकार्डवाहकले अनिवार्य पालना गर्नैपर्ने ४ कर्तब्य


प्रकाशित मिति : माघ २१, २०७९ शनिबार

अमेरिकामा ग्रिनकार्ड वाहकले गर्नैपर्ने ४ कर्तब्यहरु छन्, जसको पालना अनिवार्यरुपमा गर्नुपर्छ ।

अमेरिकी कानूनको पालना

ग्रीन कार्डवाहकहरूले अमेरिकामा बस्दा सबै संघीयमात्र होइन, राज्य र स्थानीय कानूनहरू पनि पालना गर्नुपर्छ। जान अन्जानमा कानूनको उल्लंघनमा कसैलाई पनि छुट हुँदैन ।

ग्रीन कार्डवाहकहरु निश्चित आपराधिक अभियोगहरूबाट जोगिनै पर्छ, किनकि यसले देशनिकाला हुने र ग्रिनकार्ड गुम्नेसम्मको स्थिति आउन सक्छ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

कर तिर्नुहोस्

ग्रीन कार्ड वाहकहरूले संघीय, राज्य, र स्थानीय करहरू तिर्नु पर्छ, जुन अमेरिकी कानूनद्वारा आवश्यक छ। राज्य र स्थानीय करका नियमहरु फरकफरक हुनसक्ने भएकाले जुन स्थानमा बसेको छ, त्यहाँका करका नियमहरु जान्न आवश्यक छ ।

black ceramic mug beside white printer paper

सेलेक्टिभ सर्भिसमा दर्ता

यदि तपाई १८ बर्षदेखि २५ बर्ष बीचको पुरुष हुनुहुन्छ भने अनिवार्यरुपमा अमेरिकी सेनाको सेलेक्टिभ सर्भिसका लागि आफूलाई दर्ता गर्नुपर्छ । २६ बर्ष पुगेको व्यक्तिले दर्ता गर्नुपर्दैन । यदि ग्रिनकार्डवाहकले सैन्य सेलेक्टिभ सर्भिसमा आफूलाई दर्ता गराएको छैन भने उसको ग्रिनकार्ड गुम्नसक्ने र पछि अमेरिकी नागरिकता नपाउनसक्ने खतरा समेत हुन्छ ।

सेलेक्टिभ सर्भिसमा दर्ता नगरेको व्यक्तिले अमेरिकी नागरिकता प्रकृयामा ५ बर्षसम्म ढिलो हुनसक्ने, संघीय, राज्य र स्थानीय सरकारमा जागिर खान नपाउने, संघीय तालिम, ऋण वा ग्रान्टहरु पनि लिन नपाउने हुनसक्छ । अमेरिका आएको ३० दिनभित्र सेलेक्टिभ सर्भिसमा दर्ता गर्नुपर्छ ।

ठेगाना परिवर्तनहरू रिपोर्ट गर्नुहोस्

यदि तपाई अमेरिका आइसकेपछि सुरुमा युएससीआईएसलाई दिएको ठेगाना परिवर्तन गरेर अरु स्थानमा बस्न थाल्नुभएको छ भने तपाईले ठेगाना परिवर्तनको जानकारी तुरुन्तै दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन ।

युएससीआईएसमा ठेगाना परिवर्तनका लागि तपाईले फर्म एआर ११ को प्रयोग गर्नुपर्छ । यदि तपाईको युएससीआईएसमा अनलाइन एकाउण्ट छ भने अनलाइनमा यो फर्म भरेर ठेगाना परिवर्तन गर्न सकिन्छ । यदि छैन भने हुलाकमार्फत पठाउन सकिन्छ ।

कानुन अनुशार अमेरिकी नागरिकबाहेक अरु व्यक्तिले ठेगाना परिवर्तन गरेको १० दिनभित्र युएससीआईएसमा जानकारी गराउनुपर्छ । ग्रिनकार्डवाहकले अनलाइनमार्फत नै ठेगाना परिवर्तन गरेको जानकारी गराउन सक्छन् । तीसदिनभन्दा कम समय अमेरिकाभित्र गैरआप्रवासी भिसामा आउनेहरुले भने आफ्नो ठेगाना परिवर्तनबारे जानकारी गराउनु पर्दैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com