धनुषामा प्रहरी हिरासतबाट भागेका ६ मध्ये तीन जना पक्राउ


प्रकाशित मिति : माघ १८, २०७९ बुधबार

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका– ६ का रोशनकुमार महतो रहेका छन् ।

अभद्र व्यवहार तथा शान्तिसुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मङ्गलबार राति र अमितलाई मङ्गलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो ।

आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छजना फरार भएका थिए । बाँकी तीनजनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास जारी बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com