अमेरिकी नागरिकता लिएको व्यक्ति नेपालमा गिरफ्तार भए अमेरिकी दूतावासले के गर्छ ?


प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार

blue Passport

अमेरिकी विदेश मन्त्रालय विदेशका कारागारमा रहेका अमेरिकी नागरिकहरूप्रतिको निष्पक्ष तथा मानवीय व्यवहार सुनिश्चित गर्न प्रतिबद्ध रहन्छ । अन्तर्राष्ट्रिय आन्तरिक तथा वैदेशिक कानून अनुरूप अमेरिकी दूतावासको अधिकारक्षेत्र भित्र रहेसम्म दूतावास जेलमा रहेका अमेरिकी नागरिक र तिनका परिवारहरूको सहयोगका लागि हमेसा तयार रहन्छ ।

नेपालको कानून उल्लङ्घन गर्ने जोकोही पनि स्थानीय कानूनी प्रणाली अन्तर्गत अभियोगको भागी हुन्छ । यदि नेपाली अदालतले कुनै पनि व्यक्तिलाई दोषी ठहराई जेल सजायको आदेश दिएको खण्डमा उक्त व्यक्तिले आफ्नो सजाय नेपाली कारागारमै कटाउनुपर्दछ । अमेरिकी राहदानी बोक्ने व्यक्तिलाई तत्सम्बन्धमा कुनै विशेषाधिकारको व्यवस्था गरिएको छैन । साथै विशेष छुट प्राप्त गर्ने वा अमेरिकी न्याय प्रणालीले प्रत्याभूति गरे अनुरूपका विभिन्न कानूनी अधिकार उपलब्ध हुने कुराको कसैले पनि अपेक्षा गर्नु हुँदैन ।

विदेशमा पक्राउ पर्नबाट जोगिनका लागि नेपालका कानून तथा नियमहरूको पालना गर्नुहोस् । नेपालका कानून बुझ्नुहोस्, जुन अमेरिकाका कानूनभन्दा भिन्न हुनसक्छन् । अमेरिकी विदेशमन्त्रालयले तत्सम्बन्धी सान्दर्भिक जानकारी नेपालको राष्ट्रविशेष पृष्ठमा उपलब्ध गराएको छ । यदि तपाईं वा तपाईंले चिन्ने अमेरिकी नागरिक विदेशमा पक्राउ परेमा जेलका अधिकृतलाई अमेरिकी दूतावासमा खबर गर्न लगाउनुहोस् ।

तपाईं आफैले पनि सिधै दूतावासलाई सम्पर्क गरी गिरफ्तारी बारे जानकारी दिन सक्नुहुन्छ । तपाईंले दूतावासको अमेरिकी नागरिक सेवा इकाइलाई +९७७१४२३४००० मा कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुन्छ । कार्यालय समयभन्दा बाहिर सम्पर्क गर्दा [email protected] मा ईमेल गर्न सकिन्छ । अमेरिकी नागरिक सेवा इकाइले त्यसको भोलि पल्टको कार्यालय खोल्ने दिनमा नयाँ मुद्दा खोल्नेछ र सकेसम्म चाँडो सम्पर्क गर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जब कुनै अमेरिकी नागरिक विदेशमा पक्राउ पर्छ, ऊ शुरुशुरुमा अल्मलिन र हराएजस्तो महशुस गर्नसक्छ । त्यस्तो बन्दीलाई अझ बढी गाह्रो किन पनि हुन्छ भने ऊ अपरिचित वातावरणमा हुन्छ र उसले स्थानीय भाषा, रीतिरिवाज वा कानूनी व्यवस्था बुझेको नहुनसक्छ ।

अमेरिकी दूतावासले अङ्ग्रेजी भाषा बोल्ने स्थानीय वकिलहरूको सूची प्रदान गर्न सक्छ । हिरासतमा रहेको अमेरिकी नागरिकको लिखित मन्जुरीमा उसको परिवार, साथीभाइ वा रोजगारदातालाई सम्पर्क गरिदिन सक्छ । जेलमा रहेका अमेरिकी नागरिकलाई नियमित रूपमा भेट्न जानुका साथै उपयुक्त भएसम्म पठनपाठनका सामग्री र भिटामिन समेत प्रदान गर्न सक्छ । जेलका अधिकारीहरूले उचित स्वास्थ्य सेवा उपलब्ध गराए नगराएको सुनिश्चित गर्छ ।

स्थानीय फौजदारी न्याय प्रणालीबारे सामान्य जानकारी प्रदान गर्द अनुरोध गरिएको खण्डमा कैदीले मान्ने धर्मका पादरी, धर्मगुरु जस्ता धार्मिक व्यक्तित्वहरूसँग भेट गराउनसक्छ । प्रवासी नागरिक सेवा कोषको स्थापना गर्नसक्छ, जसमा साथीभाइ तथा परिवारजनले कैद अमेरिकी नागरिकका खाद्य, स्वास्थ्य तथा अन्य आवश्यकताहरूका लागि रकम जम्मा गर्न सक्नेछन् ।

अमेरिकी दूतावासले  अमेरिकी नागरिकलाई विदेशी जेलबाट निकाल्न सक्दैन । कुनै व्यक्ति दोषी वा निर्दोष छ भनेर अदालतमा बयान दिन सक्दैन । विदेशका अदालतमा अमेरिकी नागरिकलाई कानूनी सल्लाह दिन वा उसको पक्षमा लड्न सक्दैन । आधिकारिक दोभाषे वा अनुवादकका रूपमा कार्य गर्न सक्दैन । विदेशमा रहेका अमेरिकी नागरिकको कानूनी, स्वास्थ्यसम्बन्धी वा अन्य शुल्क व्यहोर्न सक्दैन । कैदीको अनुमति बिना उनीहरूको जानकारी अरुसँग खुलासा गर्न सक्दैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com