अपडेट : धनकुटा महोत्सवमा ठेलमठेल हुँदा च्यापिएर ३० जना घाइते (नामावली)


प्रकाशित मिति : माघ १४, २०७९ शनिबार

शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते भएका छन् । ती मध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ जना धनकुटा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । प्रतिष्ठानमा उपचार हुन नसकी दुई बच्चालाई गोल्डेन अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

विराटनगर पठाइएका बच्चा र प्रतिष्ठानमा उपचारत छ जना बालबालिकासहित सबैको स्वास्थ्य सुधारउन्मुख रहेको उहाँले बताउनुभयो । घाइते हुनेमा धनकुटा नगरपालिका –५ बस्ने ३१ वर्षीया विष्णु राई र उनकी छ वर्षीया छोरा आबिहाङ लिम्बू, ३० वर्षीया बिनिता लिम्बू, वर्ष १३ का सविन लिम्बू, वर्ष ११ का सुनिल लिम्बू, १२ वर्षीया श्रेया कटुवाल, धनपा–७ का प्रकट श्रेष्ठ, ३६ वर्षीया हिरा राणा, ३० वर्षकी आयुषा राई, वर्ष ५० का प्रकाश प्रधान र धनपा ४ का १२ वर्षीया प्रवेश राई रहेका छन् ।

यसैगरी अन्दाजी ४५ वर्षकी गोमा कार्की, २३ की अनिषा राई, वर्ष ४२ का नारायण राई, वर्ष ३४ की बुद्धिमायाँ लिम्बू, वर्ष १८ का सविन पौडेल, वर्ष ४२ का सन्दिप शाह, नाम नखुलेको करिब तीन-चार वर्षका एक बालक रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरक्षाका कारण देखाउँदै महोत्सव स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकको तयारी गरिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिनुभयो ।

आयोजक संस्था उद्योग वाणिज्य सङ्घका अध्यक्ष राईले सबैसँग छलफल गरेर विधिवत् रुपमा महोत्सवको स्थगन गरिने जानकारी दिनुभयो । गायक प्रमोद खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिङ्गो’ खेलका कारण अत्याधिक भीड भएको महोत्सवको मुलगेटबाट मान्छे एकैचोटी प्रवेश गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ ।

यही माघ ६ गतेदेखि जारीे प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सव थप दुई दिन थप्ने कार्यक्रम रहेको थियो ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com